मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

क्यानडा नेकासेको ‘कनेक्सन’ सार्वजनिक

क्यानडा नेकासेको ‘कनेक्सन’ सार्वजनिक


एडमन्टन, (क्यानडा)– नेप्लिज क्यानेडियन सोसाइटी अफ एडमन्टन (नेकासे)ले संस्था स्थापनाको २० वर्षको उपलक्ष्यमा गरेको विशेष प्रकाशन ‘कनेक्शन, भ्वाइस अफ नेप्लिज कम्युनिटी’ सार्वजानिक गरेको छ । 
 
क्यानडाको अल्बर्टा प्रान्तीय सरकारकी श्रम मन्त्री क्रिस्टिना ग्रे, एमएलए रड लयला, एमएलए डेनिसे उलार्ड र नेकासेका संस्थापक अध्यक्ष रामेश्वर अधिकारीले संयुक्त रुपमा कनेक्शन सार्वजनिक गरे ।
 
कनेक्सनमा नेपाल क्यानडा दौंत्य सम्बन्धको पचास वर्षका विभिन्न आयाम, नेकासेको इतिहास, वर्तमान अवस्था, नेपाल कल्चर एन्ड हेरिटेज सेन्टको भविष्य योजनालगायत एडमन्टन तथा क्यानडा बसोबास गरिरहेका करिब ४ दर्जन नेपालीका अनुभूति, विचार, लेखरचना एवं साहित्यिक सामग्री समेटिएको छ । एकसय २८ पेजको ‘कनेक्सन’को सम्पादन अनमोलमणि र यम घिमिरेले गरेका हुन् । 
 
कार्यक्रममा मन्त्री ग्रेले नेपाली समुदायले आफ्नो संस्कृति तथा सम्पदा संरक्षणमा समुदायमा गरेको योगदानको प्रसंसा गरिन् । उनले भनिन्, ‘यसले समुदायको नया पुस्तालाई आफ्नो समुदायबारे जान्न तथा बहुसांस्कृतिक परिवेशमा स्थापित हुन र रमाउन मद्दत पुग्नेछ ।’
 
सन् १९९९मा क्यानडाको अल्बर्टा प्रान्तको राजधानी एडमन्टनमा स्थापित नेकासेले बालबालिकाका लागि नेपाली कक्षा, संगीत र नाच कक्षा सञ्चालन गर्दै अएको छ । त्यसबाहेक नेपाली समुायलाई जोड्न विभिन्न सांस्कृतिक कार्यक्रम, नेपाली पर्व तथा खेलकुदको आयोजना गर्दै आएको छ ।
 
कार्यक्रममा नेकासेका संस्थापक अध्यक्ष रामेश्वर अधिकारीले संस्थाले एडमन्टनमा बढ्दो नेपाली समुदायलाई एकीकृत गर्न भूमिका खेलेको बताए । नेकासेको वार्षिकोत्सवका अवसरमा आयोजित उक्त कार्यक्रममा अध्यक्ष रामकृष्ण शर्माले मोर्गेज फ्रि घरमा आफ्नै कार्यालय बनाएर स्थापित संस्थाले भविष्यमा उहुउद्देश्यीय उपयोगको नेपाल कल्चर तथा हेरिटेज सेन्टर स्थापना गर्न वृहद् परियोजनाको सम्भाव्यता अध्ययन सकेको र निकट भविष्यमै सेन्टर स्थापनाको अन्य पाटोबारे समुदायले काम गर्ने जानकारी दिए ।
 
नेकासेका महासचिव डा. दीपक पुडासैनीले संस्था अघि बढ्न समुदायका सबैको एकतावद्ध प्रयास जरुरी रहेको र एडमन्टनको नेपाली समुदायमा सामुदायिक एकता बलियो रहेको बताए । 
 
वार्षिकोत्सवका अवसरमा सम्पन्न अधिवेशनले आगामी एक वर्षका लागि सुरज अधिकारीको अध्यक्षतामा ११ सदस्यीय नया कार्यसमिति पनि चयन गरेको छ ।