मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राजनीति-समाज   

गैँडाको आक्रमणबाट चितनमा एक जनाको मृत्यु

गैँडाको आक्रमणबाट चितनमा एक जनाको मृत्यु


चितवन । पश्चिम चितवनको जगतपुरस्थित ध्रुव भन्ने स्थानमा गैँडाको आक्रमणबाट गएराति एक जनाको मृत्यु भएको छ । 
 
जिल्ला प्रहरी कार्यालय, चितवनले दिएको जानकारीअनुसार भरतपुर महानगरपालिका–२५ स्थित जगतपुरबाट ध्रुवतर्फ जाँदै गर्दा गैँडाको आक्रमणमा परी स्थानीय ५० वर्षीय अर्जुन क्षेत्रीको मृत्यु भएको हो । 
 
सो ठाउँ चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने भएकाले बेलाबेलामा जंगली जनावर निस्कने र धनजनको क्षति गर्ने गर्छ ।
 
राति गैँडाले आक्रमण गरेर गम्भीर घाइते बनाएका उनलाई उपचारका लागि राति १ः१५ बजे कलेज अफ मेडिकल साइन्सेज शिक्षण अस्पताल भरतपुरमा ल्याइएको थियो ।
 
उनको उपचारकै क्रममा राति नै ज्यान गएको प्रहरीले जनाएको छ । शवलाई परीक्षणका लागि भरतपुर अस्पताल ल्याइएको प्रहरीले जनाएको छ ।