मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

बजेटमा गैर आवासिय नेपालीलाई वेवास्ता, सम्वोधन समेत छैन

बजेटमा गैर आवासिय नेपालीलाई वेवास्ता, सम्वोधन समेत छैन


हिमालयखवर संवाददाता
अमेरिका- अर्थमन्त्री डा युवराज खतिवडा द्धारा मंगलवार प्रस्तुत बजेटमा गैर आवासीय नेपाली (एनआरएन) लाई पुरै बेवास्ता गरिएको छ । झण्डै १ घण्टा लगाएर अर्थमन्त्री द्धारा संसदमा प्रस्तुत उक्त बजेटमा एनआरएन भन्ने शब्द समेत परेको छैन । 
 
खाडी र मलेसियामा काम गर्ने युवालाई सामान्य सम्बोधन गरिएपनि विदेशमा बसेर पैसा कमाई देशमा लगानी गर्न चाहनेका लागि भने बजेट मौन छ ।
 
वैदेशिक रोजगारमा गएर फर्किने युवाले ३२ इन्च सम्मको टेलिभिजन ल्याउँदा भन्सार शुल्क तिर्नु नपर्ने, एक सय ग्राम सम्मको काँचो सुन लाग्ने भन्सार लगायतका महसुल तिरेर ल्याउन पाइने जस्ता झिना मसिना कुरा बजेटमा छन् । यसबाहेक वैदेशिक रोजगारमा गएर सिप लिई फर्किएका युवालाई त्यहाँ सिकेको व्यवसाय गर्ने भए सहुलियत ब्याजमा १० लाख सम्म ऋण दिने नयाँ कार्यक्रम बजेटमा छ । तर, यो कार्यक्रम कार्यान्वयनका दृष्टिले जटिल छ । 
 
अर्थमन्त्री डा खतिवडा द्धारा प्रस्तुत १३ खर्ब १५ अर्ब रुपैंयाको उक्त सरकारी आय व्यय विवरण बजेटमा कृषि, स्वास्थ्य, शिक्षा, पूर्वाधार विकास, पर्यटन, खानेपानी, उद्योग, सामाजिक सुरक्षा लगायतका थुप्रै विषयहरू समेटिएको छ । तर, कहीँ कतै एनआरएन भन्ने उल्लेख गरिएको छैन । 
 
यो बजेटले अलिकति सुविधाका मोटर चढ्न चाहनेलाई निराश बनाएको छ । एक हजार सिसी भन्दा बढीका मोटरमा अन्तःशुल्क वृद्धि गरिएको थियो । यसले सुविधा युक्त मोटर थप महँगो हुने भएका छन् । अहिलेनै यस्ता मोटर किन्दा करिब २५० प्रतिशत विभिन्न कर तिर्नु पर्छ । यसले गर्दा नेपालमा मोटर अत्याधिक महँगो छ । 
 
बजेटमा विदेशबाट नेपाल जाने पैसा रेमिट्यान्सलाई बैकिगं प्रणालीमा ल्याउन जोड दिने,  अनावश्यक देखिएका नेपालका कूटनीतिक नियोग खारेज गर्ने भन्ने उल्लेख छ ।  
 
एनआरएनएका पूर्व अध्यक्ष जिवा लामिछानेले साना किसान सहकारीबाट किसानले लिएको ऋण मिनाहा, चुरोट उत्पादन र पैठारीमा प्रति खिली २५ पैसाका दरले स्वास्थ्य कर लागू, युवालाई १० लाख रुपैंयासम्मको कर्जा उपलब्ध, सातै प्रदेशमा एक एक चिकित्साशास्त्र अध्ययन संस्थान स्थापना, ७० वर्ष नाघेका ज्येष्ट नागरिकलाई एक लाखको स्वास्थ्य बिमा, चिया कपडा तथा डेरी उद्योगमा ५० प्रतिशत कर छुट, मदिरा र सुर्तीजन्य पदार्थमा अन्तःशुल्क वृद्धि, एक वर्षभित्र सबै नेपालीको बैंक खाता, संचित जमिनलाई घर घडेरीमा परिवर्तन गर्न नपाइने, सानो कारोबार गर्ने व्यवसायी र राष्ट्रिय महत्वका पूर्वाधार विकास आयोजनामा लगानी गर्नेलाई कर सहुलियत, दुर्गम क्षेत्रमा आपत्कालीन सुत्केरी उद्धार सेवा, प्रदूषण नियन्त्रण शुल्क, सामुदायिक अस्पतालमा कर सहुलियत जस्ता पक्ष बजेटका सकारात्मक पाटाभएको आफ्नो फेसबुकमा राखेका छन् । 
 
रोजगारका लागि मात्र होइन अवसरका लागि विदेश गई त्यहाँ व्यापार व्यवसाय गरी सम्पन्न हुदैं गएका नेपालीको संख्या बढिरहेको छ । त्यसमध्ये कयौँले नेपालमा लगानी गरेका छन् । कयौँ लगानीको अवसर खोज्दै छन् । विदेशमा बस्ने यस्तो समुदायलाई बजेटले बेवास्ता गरेको छ । 
 
अमेरिकामा मात्र नेपालीले विभिन्न व्यवसायमा एक सय अर्ब रुपैंया भन्दा बढी लगानी गरेका छन् । टेक्ससमा मात्र नेपालको लगानी भएका स्टोर, ब्युटी सैलुन, रेष्टुरेण्टमात्र करिब एक हजार रहेको बताइन्छ । अमेरिकाका प्राय सबै साना ठुला सहरमा नेपालीको व्यवसाय भेटिन्छ । बेलायतमा भने नेपाली व्यवसायीको संख्या उल्लेख्य छ । यसबाहेक अन्य विकसित देशमा पनि नेपालीको व्यवसायमा संलग्नता वृद्धि भइरहेको छ । 
 
तर, बजेट विदेशमा नेपाली रोजगारका लागि मात्र गएका छन् भन्ने आधारमा आएको छ । यो बजेट प्रति एनआरएनएको औपचारिक धारणा भने आएको छैन । तस्बिर: सामाजिक संजाल