मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

जुन ९ मा ड्यालसमा वृहद स्वास्थ शिविर हुँदै

जुन ९ मा ड्यालसमा वृहद स्वास्थ शिविर हुँदै


ड्यालस (अमेरिका) – नेपाली समाज टेक्ससले आउँदो जुन ९ तारिकमा विशेष स्वास्थ शिविर आयोजना गर्ने भएको छ ।
 
बिल्डिङ ब्रिज प्रोग्रामसँगको सहकार्यमा यो पटक जनस्वास्थसँग संबन्धित झण्डै एक दर्जन संस्थाहरुको सहयोगमा स्वास्थ शिविर आयोजना हुन लागेको नेपाली समाजले जनाएको छ । 
 
नेपाली समाजकी आयशा ओझाका अनुसार जुन ९ तारिक शनिबार बिहान ९ बजेदेखि १ बजे सम्म ५२१ वेस्ट पाइपलाइन रोड हस्र्टमा शिविर आयोजना हुनेछ । 
 
यस पटकको शिविरमा आँखाको जाँच, हेपाटाइटिस–बी र सीको जाँच, मेमोग्राम, दाँत, रक्तचाप लगायत जनचेतनामुलक स्वास्थ कार्यक्रम समेत राखिएको छ । निशुल्क स्वास्थ शिविरमा सहभागी भएर स्वास्थलाभ लिन नेपाली समाजले नेपाली समुदायसँग अपिल गरेको छ ।