मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अन्तर्वार्ता   

विद्यार्थीको सन्तुष्टि नै हाम्रो सफलता : सीईओ कुशल केसी

विद्यार्थीको सन्तुष्टि नै हाम्रो सफलता : सीईओ कुशल केसी


छोटो समयमै विद्यार्थीको मन जित्न सफल ओयसिस एजुकेसनले सौराहामा विभिन्न शाखाका प्रमुख एवम् स्टाफहरुबीच भेटघाट तथा अन्तक्र्रिया कार्यक्रम गरेको छ । चितवनको लायन्सचोकमा मुख्य कार्यालय रहेको ओयसिस एजुकेसनको काठमाडौँ, पोखरा र पूर्वी चितवनको खैरहनीमा शाखामार्फत आफ्नो व्यवसाय विस्तार गर्दै आएको छ । 
 
अष्ट्रेलियाको सिड्नीमा सन् २०१२ देखि कर्पोरेट कार्यालय सञ्चालन गर्दै आएका प्रमुख कार्यकारी निर्देशक (सीईओ) कुशल केसीले वार्षिक कार्यक्रमका अवसरमा अष्ट्रेलियाका लागि भिषाको नयाँ प्रक्रिया, जीटीईलगायतमा स्टाफबीच परामर्श गरेका थिए । 
 
उनी अष्ट्रेलियाका रजिष्टर माइग्रेसन एजेन्ट हुन् । नेपालदेखि अष्ट्रेलियाका कलेज, युनिभर्सिटीसम्म गर्नुपर्ने प्रक्रिया, पीआरका लागि अपनाउनुपर्ने मापदण्डलगायत विद्यार्थीलाई अष्ट्रेलियाका बारेमा उचित परामर्शबारे अन्तक्र्रिया गरिएको थियो । 
 
कार्यक्रमको व्यस्तताका बीच सीईओ केसीसँग हिमालय खबरले गरेको कुराकानी यहाँ प्रस्तुत गरिएको छ । 
 
१) उच्च शिक्षाका लागि अष्ट्रेलिया जाने विद्यार्थीले ओयसिस नै किन रोज्ने ? 
 
अष्ट्रलिया जाने चाहने विद्यार्थीका लागि शैक्षिक परामर्श गर्ने एजेन्टहरु थुप्रै हुन्छन् । अष्ट्रलियाका लागि जे जसरी प्रचार गरिएका हुन्छन् ती सबै सत्य नहुन पनि सक्छन् । हामी व्यापारका साथै विद्यार्थीलाई सही परामर्श दिन्छौँ । अष्ट्रलियाका लागि सीमित व्यक्तिमात्रै रजिष्टर माइग्रेसन एजेन्ट हुन्छन् । हाम्रो हकमा हामी व्यापारमा मात्रै केन्द्रित नभएर उत्कृष्ट सेवा पनि प्रदान गर्छौं । विद्यार्थीका लागि उचित परामर्शका साथै उनीहरुलाई सुहाउँदो सेवा दिने भएकाले विद्यार्थीहरुले ओयसिस रोज्नुहुन्छ भन्ने मेरो विश्वास छ । 
 
२) कस्ता विद्यार्थीले अष्ट्रेलियाका लागि आवेदन गर्न सक्छन् ? 
 
खासगरी प्लस, व्याचलर तथा डिग्री लेभलका विद्यार्थी थप अध्ययनका लागि अष्ट्रेलिया जानसक्छन् । एसएलसी पास गरेका विद्यार्थीले पनि भिषा प्रोसेसिङका लागि आवेदन गर्न सक्छन् । जोसँग जस्तो क्षमता छ त्यही क्षमताअनुरुपको प्रोसेसिङ गर्न सकिन्छ । 
 
३) तपाईंको कन्सल्टेन्सीबाट भिषा आवदेन गर्ने कति प्रतिशत विद्यार्थी अष्ट्रेलिया पुगेका छन् ? 
 
कुनै कन्सल्टेन्सीबाट भिषा आवेदन गर्दैमा खुरुखुरु भिषा लाग्ने होइन । भिषा कन्सल्टेन्सीका कारणले लाग्ने होइन । यसमा विद्यार्थीको शैक्षिक योग्यता र बलियो कागजात महत्वपूर्ण हुन्छन् । यसमा विज्ञापनका लागि र सस्तो लोकप्रियताका लागि मेरो कन्सल्टेन्सीबाट एप्लाइ गर्दा सत प्रतिशत भिषा लाग्छ भन्नेजस्ता कुराको कसैले विश्वास नगरे पनि हुन्छ । भिषा दिने नदिने कुनै कन्सल्टेन्सीको स्वेच्छाको विषय होइन । तर, म के भन्छु भने हामी त्यसरी प्रचार गर्दैनौँ । भिषा कति प्रतिशत लाग्यो भन्दा पनि भिषा प्रोसेसको पोलिसी के हो ?, भोलि कलेज परिवर्तन गर्ने समस्या पर्छ कि पर्दैन ? भन्ने कुरा विचार गरेर हामीले काम गर्छौं । व्यापारमात्रै सबैथोक होइन, विद्यार्थीको क्यारियर बन्ने गरी  काम गर्नुपर्छ भन्ने मान्यता हाम्रो हो । 
 
४) उसो भए कस्ता विषय पढ्ने विद्यार्थीले पीआर सजिलै पाउँछन् त ?
 
हामी विद्यार्थीको करिअर सोचेर काम गर्छौं । खासगरी एकाउन्टेन्सी, आईटी, नर्सिङ, इन्जिनियरिङजस्ता विषय लिएर पढ्ने विद्यार्थीले पीआर पाउन बढी सजिलो हुन्छ । क्षमताअनुसार कुनै पनि विषयमा दक्ष भएका विद्यार्थीले पीआर पाउन सक्छन् । हामीले कम्पनी सुरु गरेयता कुनै पनि विद्यार्थी समस्यामा परेका छैनन् । उनीहरुले कलेज परिवर्तन पनि गर्नुपरेको छैन । हामी विद्यार्थी सुहाउँदो कलेज र  युनिभर्सिटी छनौट गर्छौँ । कतिपय युनिभर्सिटी नेपाली विद्यार्थीले एफोर्ड नै गर्न सक्दैनन् । विद्यार्थीको क्षमताअनुसार कलेज छनौट गरेर जे प्रयोजनका निम्ति अष्ट्रेलिया गएको हो त्यसैअनुरुप चल्न सके पीआर पाउन सकिन्छ । 
 
५) उच्च शिक्षा अध्ययनका लागि विद्यार्थीले ध्यान दिनुपर्ने विषय के हो ? 
 
विद्यार्थीले के कुरा ख्याल गर्नुपर्छ भने अष्ट्रेलिया पैसा कमाउनका लागि जाने होइन । पढ्नका लागि जाने हो । महंगो कलेज शुल्क तिरेर, कलेज परिवर्तन गरेर, रमाइलो र काममा बढी ध्यान दिएर विद्यार्थी समस्यामा पर्ने गरेका हुन्छन् । सुरुमै आफूले अफोर्ड गर्नसक्ने कलेजको खोजी गर्नुपर्छ । पैसा कमाउने सोचाइले गर्दा पढाइ प्रभावित हुनुहुँदैन । हामीले एकसय बढी कलेज, युनिभर्सिटी, टेफहरुसँग एग्रिमेन्ट गरेका छौँ । सस्तो कलेज हुँदैमा सबै नराम्रा हुन्छन् भन्ने हुँदैन । त्यसैले विद्यार्थी सुहाउँदो स्तरीय सेवा हामीले उपलब्ध गराउँछौँ भनेका छौँ । 
 
६) ओयसिसको सिड्नी अफिसले के कस्ता सेवा उपलब्ध गराउँछ ? 
 
विद्यार्थीका लागि फद्रर स्टडी, भिषा एक्सटेन्ड, स्किल भिषा एप्लीकेसनका साथै परमाटेन्ट रेजिडेन्ट (पीआर)सम्मको सेवा उपलब्ध गराउँदै आएका छौँ । कलेज नै परिवर्तन गर्नुपर्ने भए पनि उचित परामर्श दिएर विद्यार्थीलाई सन्तुष्टि प्रदान गर्ने हाम्रो लक्ष्य हो । विद्यार्थीको सन्तुष्टि नै हाम्रो सफलता हो ।