मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

अनेसासको ड्यालस च्याप्टरमा अधिकारी

अनेसासको ड्यालस च्याप्टरमा अधिकारी


ड्यालस (अमेरिका) – अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज ड्यालस च्याप्टरको अध्यक्षमा कपिल अधिकारी चयन भएका छन् ।
 
शनिबार भएको साहित्यानुरागीहरुको भेलाले अधिकारीको नेतृत्वमा १७ सदस्यीय कार्यसमितिको निर्विरोध चयन गरेको हो । समाजको उपाध्यक्ष, महासचिव, सचिव र कोषाध्यक्षमा क्रमशः निर्मला राई, सुमन कार्की, पवन लामिछाने र प्रदीप गिरी चयन भएका छन् । 
 
समाजका अध्यक्ष बासु शर्मा, संस्थापक अध्यक्ष भीम कार्की, पूर्ब अध्यक्ष बासु भण्डारी तथा आजीवन सदस्यहरु सम्मिलित भेलाले चयन गरेका कार्यसमितिका सदस्यहरुमा चम्पा पाण्डे, इन्दिरा भुसाल, सरोज तुम्बाहाम्फे, गोपालप्रसाद भण्डारी, नेत्र आचार्य, अच्युत रिजाल, इश्वरी रिजाल, महिप उपाध्याय छन् । त्यस्तै अन्य सदस्यहरुमा भगवती पौडेल, बासु पुष्प अधिकारी, नरेन्द्र इङनाम र जुविन राजभण्डारी चयन भएका छन् ।