मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

युएनएको तेस्रो सम्मेलन सुरु

युएनएको तेस्रो सम्मेलन सुरु


हिमालयखवर संवाददाता
ड्यालस (टेक्सस) – युनाइटेड नेप्लिस एसोसिएसन (युएनए) को तेस्रो सम्मेलन शनिबारदेखि टेक्ससको ड्यालसमा सुरु भएको छ ।
 
गैर आवासीय नेपाली संघ (एनआरएन) अन्तर्राष्ट्रिय समितिका पूर्ब अध्यक्ष शेष घले तथा उनकी पत्नी जमुना घलेको उपस्थितीमा शनिबार कार्यक्रमको सुरुवात भएको हो । शनिबारको कार्यक्रममा पूर्ब अध्यक्ष घलेले चार वर्ष अघिको आफ्नो ड्यालस भ्रमणको स्मरण गर्दै नेपालीहरुले प्रगति गरेकोमा खुशी व्यक्त गरे । 
 
‘मेरो त्यतिखेरको भ्रमणको उद्वेश्य र अहिलेमा फरक छ, यसपटक म धेरै नेपालीहरुसँग भेटेर आफ्नो अनुभव सुनाउन र तपाईहरुको अनुभव पनि सुनेर धेरै कुरा सिक्न यहाँ आएको हुँ,’ घलेले भने । 
 
कार्यक्रमको सुरुवात गर्दै युएनएका अध्यक्ष पासाङ लामाले युएनएका गतिविधिका बारेमा चर्चा गर्दै तीन दिने कार्यक्रमका बारेमा उल्लेख गरेका थिए । युवाहरुको करिएर विकास गर्ने, खेलकुद, सामाजीक क्षेत्रमा संलग्नता बृद्धि गर्ने र अमेरिकी मुलधारमा नेपाली समुदायलाई अग्रसर बनाउन युएनएले कार्यक्रमहरु केन्द्रित गरिरहेको लामाले जानकारी दिए ।
 
त्यस अवसरमा नेपाली समाज टेक्ससका अध्यक्ष सुमन थापा, युएनए तेस्रो सम्मेलन समितिका संयोजक निरज पन्त लगायतले कार्यक्रमका बारेमा प्रकाश पारेका थिए ।
 
शनिबार डिएफडब्लु एअरपोर्ट नजिकैको शेराटन होटलमा अत्यन्तै छोटो र छरितो रुपमा कार्यक्रम सम्पन्न भएको थियो । निर्धारित समयमा सुरु भएको कार्यक्रममा लामो र पट्यारलाग्लो भाषण नभएकोले धेरैले प्रशंसा गरेका थिए । 
 
आइतबारदेखि मुख्य कार्यक्रम सुरु हुनेछन् । आइतबार साँझनै गायीका अञ्जु पन्त, ग्याम्बु शेर्पाको कन्सर्ट हुँदैछ । आइतबार र सोमबार बिभिन्न विषयमा कार्यक्रमहरु हुनेछन् । सम्मेलनमा सहभागी हुनका लागि अमेरिकाका बिभिन्न राज्यहरुमा रहेका नेपालीहरुको उपस्थिती ड्यालसमा भएको छ ।