मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

अमेरिकाको ड्यालमा युएनए सम्मेलनको तयारी पुरा

अमेरिकाको ड्यालमा युएनए सम्मेलनको तयारी पुरा


हिमालयखवर संवाददाता 
टेक्सस (अमेरिका)- अमेरिकाको टेक्ससमा शनिवार र आइतबार आयोजना हुन लागेको युनाईटेड नेप्लिज एशोसिएशन (युएनए)को सम्मेलनको सम्पूर्ण तयारी पुरा भएको आयोजकले जनाएका छन् । विजनेस फोरमलाई फोकस गरी उक्त सम्मेलन हुन लागेको हो । यसबाहेक सम्मेलनमा विभिन्न फोरम हुने कार्यक्रम राखिएको छ । 
 
सम्मेलनमा सहभागी हुन एनआरएनए अध्यक्ष शेष घले र जमुना घले शुक्रवारनै साँझ टेक्सस आउने कार्यक्रम छ । उक्त सम्मेलनमा घलेले मुख्य वक्ताका रूपमा सम्बोधन गर्ने कार्यक्रम छ । चर्चित व्यवसायी घले अष्ट्रेलियाका १०० जना धनाढ्य भित्र पर्छन । 
 
सम्मेलनमा सहभागी हुन विभिन्न अमेरिकाका राज्यबाट नेपाली समुदायका व्यक्तिहरू पनि ड्यालस आउने युएनएका अध्यक्ष पासागं लामाले जानकारी दिए । शनिवार सम्मेलन शुरु हुने छ । शुरुमा विभिन्न खेलकुद कार्यक्रमहरू हुने छन् । शनिवार साँझ नै एक विशेष समारोह बिच सम्मेलन उद्घाटन हुने छ । उक्त उद्घाटन समारोहमा घले दम्पत्ती, एनआरएन अमेरिका क्षेत्रीय संयोजक लगायतले सम्बोधन गर्ने कार्यक्रम छ । 
 
सम्मेलनको दोस्रो दिन ध्यान लगायत इमिग्रेशन फोरम, लगानी फोरम लगायतका कार्यक्रम हुने छन् । आइतबार बिहानै देखि कार्यक्रम शुरु हुने छ । सम्मेलनमा मनोरञ्जनात्मक कार्यक्रम पनि हुने छ । उक्त कार्यक्रममा चर्चित गायिका अन्जु पन्त, गायक गम्बु शेर्पा लगायत स्थानीय ब्याण्डले प्रस्तुति दिने कार्यक्रम छ । 
 
उद्घाटन लगायत अन्य फोरमहरू सेराटन डीएफडब्लु होटल ड्यालस इर्विंगमा हुने छन् ।