मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

स्कुलको गोलीकाण्डमा कम्तिमा ९ जनाको निधन

स्कुलको गोलीकाण्डमा कम्तिमा ९ जनाको निधन


हिमालयखबर संबाददाता
ह्युस्टन (टेक्सस) – अमेरिकाको दक्षिणी राज्य टेक्ससको ह्युस्टन नजिकैको एक सरकारी स्कुलमा शुक्रबार बिहान भएको गोलीकाण्डमा कम्तिमा ९ जना विद्यार्थीको ज्यान गएको छ । निधन हुनेहरु अधिकांश विद्यार्थी र केही स्कुलका कर्मचारीहरु समेत रहेका छन् । 
 
ह्युस्टनबाट ३० माइल दक्षिणतर्फ रहेको ग्यालभास्टन काउन्टीमा पर्ने सान्टाफे हाइस्कुलमा शुक्रबार बिहानै गोली काण्ड भएको थियो । उक्त घटनामा कम्तिमा ९ जनाको निधन भएको प्रहरी अधिकारीहरुले जनाएका छन् ।
 
 फेब्रुअरीमा पूर्बी अमेरिकी राज्य फ्लोरिडाको पार्कल्याण्डमा पनि यस्तै घटना भएको थियो । त्यो घटनामा १७ जनाको निधन भएको थियो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले घटनाप्रति दुख व्यक्त गर्दै सबै मिलेर समस्याको समाधान गर्न आव्हान गरेका छन् ।
 
अमेरिकामा सहजै बन्दुक किन्न पाइने प्रावधानका कारण स्कुल, सार्वजनिक स्थलमा गोली प्रहारबाट निर्दोषहरुको निधन हुने क्रम बढिरहेको छ । 
 
सान्टाफे स्कुल गोलीकाण्डमा १७ वर्षिय दमित्रोज पार्गोतिजको संलग्नता रहेको प्रहरीले जनाएको छ । दमित्रोजसँग अन्य हतियार र विष्फोटक पदार्थ समेत बरामद भएको छ । स्कुलमा भएको यो गोलीकाण्डले अमेरिकामा स्तब्धता छाएको छ ।