मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

स्वास्थ्य / विचित्र संसार   

नर्सिङ पढ्ने सरिता चेपाङलाई अष्ट्रेलियाका नेपालीको सहयोग

नर्सिङ पढ्ने सरिता चेपाङलाई अष्ट्रेलियाका नेपालीको सहयोग


चितवनको 'हामीले नगरे कसले गर्ने ?' नामक संस्थाको संरक्षणमा रहेर भरतपुर अस्पतालमा नर्सिङ अध्ययन गरिरहेकी सरिता चेपाङलाई अध्ययनको सहयोगार्थ अष्ट्रेलियामा रहेका नेपालीहरूको संस्था चितवन समाज भिक्टोरियाले तेस्रो किस्ता रकम उपलब्ध गराएको छ । 
 
समाजका निवर्तमान अध्यक्ष सोमप्रसाद गुरुङले शुक्रबार सरिता चेपाङलाई ८० हजार रुपैयाँ हस्तान्तरण गरे । सो संस्थाले सरितालाई तेस्रोपटक सहयोग गरेको हो । यसअघि पनि दुईपटक ८० हजारका दरले सहयोग प्राप्त भएको थियो ।
 
यस्तै सोही अवसरमा हामीले नगरे कसले गर्ने रु संस्थाले चितवन समाज भिक्टोरिया अष्ट्रेलियालाई सम्मानसमेत गरेको छ । हामीले नगरे कसले गर्ने ? संस्थाका अध्यक्ष विनोदबाबु रिजालले समाजका निवर्तमान अध्यक्ष सोमप्रसाद गुरुङलाई सम्मान पत्र प्रदान गरे । 
 
 
बेनिघाट धादिङको रोराङ गाउँपालिका वडा नम्बर १०, जोगीमारा घर भएकी सरिता नर्सिङ तेस्रो वर्षमा अध्ययनरत छिन् ।
 
सहयोग रकम हस्तान्तरण गर्दै समाजका अध्यक्ष गुरूङले आफ्नो संस्थाले गरेको लगानीप्रति सन्तुष्ट रहेको बताए । 
 
चेपाङ संरक्षण केन्द्रका अध्यक्ष केपीकिरण शर्मा भन्छन्, ‘अब सरिताले पूर्णरूपमा चेपाङ समुदायको अभिभावक बन्ने गरी योगदान गर्नुपर्छ ।’ 
 
कार्यक्रममा सरिता चेपाङले सहयोगी दुई संस्थालाई कहिल्यै बिर्सिन नसक्ने बताइन् । सहयोग पाएपछि उनले हर्षित हुँदै भनिन्, ‘मेरो सपना तपाईंहरूकै कारणले पूरा हुँदैछ । मेरा लागि तपाईंहरु नै ठूलो अभिभावक बन्नुभएको छ ।’ 
 
गाउँमा एसएलसी परीक्षा उत्तीर्ण हुँदा शहरबजार नदेखेकी उनले घर छोडेर भरतपुरसम्म आउँदाको अनुभवसमेत कार्यक्रममा साटेकी थिइन् । 
 
सरिताले ०७१ सालको एसएलसीमा ७५ प्रतिशत अंक ल्याएर उत्तीर्ण भएकी थिइन् । नर्सिङतर्फ पहिलो वर्ष ८१ प्रतिशतका साथ कलेज दोस्रो र दोस्रो वर्ष ८६ प्रतिशत अंकका साथ कलेज प्रथम हुन सफल भएकी छन् । तेस्रो वर्ष पनि सफलता हासिल गर्ने विश्वास उनको छ ।