मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

कसैलाई अहंता देखाउन एकता गरेका होइनौँ : ओली

कसैलाई अहंता देखाउन एकता गरेका होइनौँ : ओली


काठमाडौं । नवगठित नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले कसैलाई अहंता देखाउन एकता नगरेको बताएका छन् । 
 
पार्टी एकता घोषणासभालाई बिहीबार साँझ राष्ट्रिय सभागृहमा सम्बोधन गर्दै ओलीले आफूहरु देश बनाउन लागि एकजुट भएको स्पष्ट पारे । 
 
प्रधानमन्त्री ओलीले हिन्दसागरमा कोशीको पानी खोजेर नपाइने बताए । उनले भने, ‘हामी मिसिएका होइनौं, अन्तरघुलित भएका हौं । अब एमाले पार्टी छैन, माओवादी पार्टी पनि छैन । नयाँ पार्टीमा एमाले र माओवादी खोजेर पाइँदैन ।’ 
 
‘हिन्द महासागरमा कोशीको पानी खोजेर पाइन्छ ? ’ प्रधानमन्त्री ओलीले भने, ‘हिन्द महासागरमा कोशीको पानी खोई भनेर हुन्छ ? सेतीको पानी खोजेर भेटिन्छ रु वागमति कता छ भनेर हुन्छ ? अब एमाले माओवादी खोजेर अब पाइदैन ।’
 
प्रधानमन्त्री ओलीले आफ्नो जीवनमा आजको दिन सबैभन्दा महत्वपूर्ण र खुसीको दिन भएको बताए । ‘म असाध्यै खुसी छु । प्रचण्डजीको त गला नै अवरुद्ध भयो । यहाँ पुष्पलाल श्रेष्ठ हुनुभएको भए खुसीले नाच्नुहुन्थ्यो ।’
 
"जेट प्लेन चलाउन दुई जना पाइलट चाहिन्छ"
 
ओलीले  नेपाल कम्युनिष्ट पार्टी ‘जेट प्लेन’ जस्तो भएको बताए । उनले जेट प्लेन चलाउन दुई जना पाइलट चाहिने पनि बताए ।  ‘कतिलाई किन दुई जना अध्यक्ष चाहियो भन्ने पनि लाग्ला । टेप्पो चलाएको हो र ?  जेटमा प्लेनमा दुई जना पाइलट नै हुन्छन्’ ओलीले भने ।
 
उनले  आवश्यकताले दुई अध्यक्षको व्यवस्था गरिएको बताउँदै भने, ‘हामीले महाअभियान चलाएका छौँ । त्यसका लागि हामीले सल्लाह र विचार विमर्श गरेर अगाडि बढाउने अठोट र संकल्प गरेका छौँ ।’