मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राजनीति-समाज   

चेन्नईमा अलपत्र परेका नुवाकोटका बोर्डिङ सञ्चालकको उद्धार

चेन्नईमा अलपत्र परेका नुवाकोटका बोर्डिङ सञ्चालकको उद्धार


भूकम्पपीडितको लागि सहयोग गर्ने संस्थाका व्यक्तिका रुपमा नुवाकोटको एउटा सामान्य चिया पसलमा चिनाजान भएकै आधारमा विश्वास गर्दा एक बोर्डिङ स्कुलका सञ्चालकले ठूलो धोका खाएका छन् । 
 
नुवाकोटको उत्तरगया गाउँपालिका ५ लहरे घर भई नेत्रावती ट्रिनिटी इङ्लिस बोर्डिङ स्कुल, रसुवाका प्रबन्ध निर्देशक चित्रमान डंगोल डेढ महिना अघिदेखि बेपत्ता भएका थिए । 
 
चैत्र १५ गतेदेखि लहरेबाट स्याफ्रुबासीका लागि हिँडेका २९ वर्षीय डंगोलको राति १० बजेदेखि सम्पर्कविहीन बनेपछि उनको खोजी कार्य तीव्र बनाइएको थियो । 
 
जिल्ला प्रहरी कार्यालय रसुवा, मानव अधिकारवादी संस्था एवम् सञ्चारमाध्यममा भाइको खोजी गर्न दाजु नेत्रमानले आग्रह गरेका थिए । नुवाकोट प्रहरीले पनि उनको खोजी कार्य तीव्र पारेको थियो । 
 
उनलाई चेन्नईको एक औद्योगिक क्षेत्रबाट उद्धार गरेर नेपाल ल्याइएको चितवनका युवा नेता एवम् समाजसेवी सन्तलाल घिसिङले जानकारी दिए । 
 
डंगोललाई नेपाली एकता समाज, चेन्नईको सहयोगमा समाजसेवी घिसिङले उद्धार गरी बुधबार नेपाल ल्याएका हुन् । नुवाकोटका साथीहरुले आग्रह गरेपछि चेन्नई पुगेको उनले बताए । 
 
मानव अंगको तस्करी गर्ने जोखिमपूर्ण क्षेत्रबाट उनको उद्धार गरिएको घिसिङ बताउँछन् । 
 
कसरी परे फन्दामा ?
 
चित्रमान डंगोल विद्यालयको कामको सिलसिलामा चैत १३ गते त्रिशूलीको बट्टारमा पुगेका थिए । चिया पिउनेक्रममा नेपाली भाषा प्रष्टसँग बोल्ने सुमन तामाङसहित अर्का तामिल बोल्ने व्यक्तिसँग उनको भेट भएको थियो । 
 
चिनाजानकै क्रममा उनीहरुले आफूहरु भूकम्पपीडितको सहयोग गर्ने संस्थाका व्यक्ति भएको बताएका थिए । डंगोल आफैँ पनि पीडित भएकाले यस्तै व्यक्तिको प्रतीक्षामा थिए । 
 
उनले आफ्नो विद्यालयमा तीन सयको हाराहारीमा विद्यार्थी पढ्ने गरेको जानकारी ती व्यक्तिहरुलाई दिए । एक सय विद्यार्थीका लागि तत्काल सहयोग गर्न तयार भएपछि उनीहरुको भेट चैत १५ गते गल्छीबजारमा भयो । 
 
उनीसँग तीन लाख रुपैयाँ थियो । तत्काल एकलाख रुपैयाँ सहयोग गर्ने भनेपछि उनी निकै प्रभावित भए । भूकम्पपीडितको लागि सहयोग पाउने प्रलोभनले तीनैजना चेन्नईतिर हान्निए । 
 
चैत १८ गते बैंग्लोर पुग्दा बल्ल उनी झस्किए । ट्रेनमा उनको झोला, ब्याग र मोबाइलसमेत लुटिएको थियो, त्यो पनि विश्वास गरेर सँगै गएका साथीबाट । 
 
भूकम्पपीडित र विद्यार्थीलाई सहयोग गर्ने संस्थाका प्रतिनिधि लुटेरा रहेको उनले त्यसैबेला थाहा पाए । उनी भन्छन्, ‘उनीहरुको फोटो र विवरण मोबाइलमै थियो । टे«नबाट खोजी गर्न सम्भवै भएन । भाषा नबुझ्ने समस्याका कारण आफू ठगिएको कुरासमेत राख्न गाह्रो भयो ।’
 
लुटिँदा उनीसँग केही भारतीय रुपियाँमात्रै रुपैयाँ बचेको थियो । आधारकार्ड केही नहुँदा फोनसमेत किन्न सकेनन् । कसैसँग फोन संवाद पनि हुन सकेन । 
 
चेन्नईमा अलपत्र परेपछि उनी कामको खोजीमा लागे । दलालीमार्फत् एम्बुटर इन्डस्ट्रिजमा बन्धक बनेर स्वीच फिटिङको काम पाए । काम खोज्नेहरुलाई होस्टलमा राख्ने र त्यहीँबाट मानव तस्करी हुने गरेको उनले चाल पाए । जसमा थुप्रै नेपालीले दुःख भोगिरहेका थिए । 
 
भाग्न नसक्ने अधिकांश मानव तस्करीमा पर्ने गरेको चाल पाएपछि उनले बैशाख अन्तिमतिर राति २ बजे एक कामदार साथीको मोबाइल मागेर फेसबुकमार्फत् उद्धारका लागि याचना गरे । नेपाली एकता समाजको आह्वान्मा भारतीय प्रहरी सीबीआईको सहयोगमार्फत् उनको उद्धार भएको हो । 
 
 
‘म त लक्की रहेछु बाँचे । तर, त्यहाँ आसाम, कञ्चनपुरतिरका थुप्रै नेपालीहरु बर्बाद भएका छन् । कसैको चाँडै विश्वास गर्दा मैले धोका पाएँ । कसैले पनि यस्तो दुःख नपाओस्उनी भन्छन् 
 
भन्छन्, ‘मैले ४५ दिनसम्म घाम नै देख्न पाइनँ । सीआईबीको सहयोगमा नेपाली एकता समाजका साथीहरुले बस्न र खानाको प्रबन्धसहित उद्धार गरिदिनुभयो । उहाँहरुले उद्धार गर्दा म बिरामी अवस्थामा थिएँ । अहिले ठीक भएर आफ्नै गाउँमा आइपुगेको छु ।’ 
 
‘म बाँचेर नेपाल फर्किन्छु भन्ने लागेकै थिएन’, उनी भन्छन्, ‘नेपालमा विभिन्न प्रलोभन देखाएर लुट्न आउनेसँग होसियार हुनुपर्छ । बेलैमा सचेत भए मैलेजस्तो समस्या कसैले भोग्नु पर्दैन ।’