मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

भारतीय सांसद आजादको ट्वीटको विरोधमा नेविसंघको ज्ञापनपत्र

भारतीय सांसद आजादको ट्वीटको विरोधमा नेविसंघको ज्ञापनपत्र


भारतीय सांसद आजादको ट्वीटको विरोधमा नेविसंघको ज्ञापनपत्र नेपाल विद्यार्थी संघ जिल्ला कार्यसमिति चितवनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणको अवसर पारेर भारतीय सांसद कीर्ति आजादले गरेको ट्वीटका विषयमा प्रधानमन्त्री कार्यालयलाई ज्ञापनपत्र बुझाएको छ । 
 
नेविसंघले चितवनका प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीको कार्यालयलाई ज्ञापनपत्र बुझाएको हो । आजादले सामाजिक सञ्जालको प्रयोग गर्दै आपत्तिजनक अभिव्यक्ति दिएको भन्दै यसप्रति आफ्नो ध्यानाकर्षण भएको संघले जनाएको छ । 
 
नेपाल र भारतबीच सदियौँदेखिको सम्बन्धलाई खलल पु¥याउने गरी आएको अभिव्यक्तिले नेपालको सामाजिक सद्भाव र अखण्डतामाथि चुनौती थपिएको ज्ञापनपत्रमा उल्लेख छ । 
 
ज्ञापनपत्रमा स्वतन्त्र, सार्वभौम, स्वाधीन राष्ट्र नेपालको विषयमा भारतीय सांसदले दिएको आपत्तिजनक अभिव्यक्तिका विषयमा नेपाल सरकारले भारत सरकारसँग कुटनीतिक पहल गर्न माग गरिएको छ । यस्तै संघले प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतले भारतीय प्रधानमन्त्री मोदीको अभिनन्दनका क्रममा दिएको अभिव्यक्तिप्रति पनि आफ्नो ध्यानाकर्षण भएको जनाएको छ । देशको अखण्डतामाथि धावा बोल्ने अधिकार मित्रराष्ट्रलाई नभएको भन्दै यस्ता अभिव्यक्ति र घटनाप्रति सरकार सजग रहन आग्रहसमेत गरियो । 
 
भारतीय प्रधानमन्त्री मोदीको भ्रमणका क्रममा आएका भारतीय सेना के का लागि आएको भन्ने विषयमासमेत स्पष्ट पार्न आग्रह गरिएको छ । ज्ञापनपत्र बुझ्दै चितवनका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले आफूले प्राप्त गरेको ज्ञापनपत्रलाई चाँडै प्रधानमन्त्री कार्यालयमा पठाउने जानकारी दिए । 
 
हेर्नुहोस् आजादको ट्वीट-