मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

बिडिएको संयोजनमा एकहजार ६ सय पिन्ट रक्तदान (भिडियो सहित)

बिडिएको संयोजनमा एकहजार ६ सय पिन्ट रक्तदान (भिडियो सहित)


हिमालयखवर संवाददाता
ड्यालस (टेक्सस) – ब्लड डोनर्स अफ अमेरिका (बिडिए) को संयोजनमा दुईवर्षमा एकहजार ६ सय पिन्ट रक्तदान भएको छ । 
 
यही महिनाको अन्तिम साता हुन लागेको बिडिएको दोस्रो सम्मेलनको क्रममा आइतबार आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष डा. नन्द रेग्मीले रक्तदान कार्यक्रमलाई आउँदो दुई वर्षमा व्यापक रुपमा विस्तार गर्ने योजना रहेको उल्लेख गरे । ‘हामीले टेक्ससमा मात्र ८ सय पिन्ट रक्तदान संकलन गरेका छौँ, अमेरिकाभरिमा एकहजार ६ सय ३५ पिन्ट रक्त संकलन भयो,’ रेग्मीले भने ।
 
बिडिएको दोस्रो सम्मेलन यही महिनाको २५ देखि २७ तारिकमा अमेरिकी राज्य जर्जियाको एटलान्टामा हुँदैछ । सम्मेलनमा अमेरिकाभरि रहेका बिडिएका २९ राज्यबाट च्याप्टरबाट दुईसय जनाको सहभागिता रहने अपेक्षा आयोजकले लिएका छन् । 
 
पत्रकार सम्मेलनमा बिडिए टेक्सस च्याप्टरका अध्यक्ष शिब काफ्लेले रक्तदानको महत्वका बारेमा टेक्सस च्याप्टरले उल्लेखनीय काम गरेको उल्लेख गर्दै रक्तदानले आपूm पनि निरोगी हुने र अरुको जीवन पनि बचाउन सकिने भएकोले त्यसमा लाग्न आग्रह गरे । 
 
पत्रकार सम्मेलनमा प्रकाशन समितिकी संयोजक इरा आचार्य, केन्द्रीय सदस्य बासु श्रेष्ठ लगायतले सम्मेलनको तयारीको सम्बन्धमा हालसम्म भएका प्रगतिका बारेमा जानकारी दिएका थिए । 
 
यसपटकको सम्मेलनको उद्घाटन सबैभन्दा बढी रक्तदान गरेर रेकर्ड बनाएका जोन सेफर्डले गर्दैछन् ।
 
पत्रकार सम्मेलनमा केन्द्रीय सदस्य बासु श्रेष्ठले बिडिएको स्थापना हुँदा स्टारबक्समा जम्मा भएको बैठक बसेदेखि हालसम्मको प्रगतिका बारेमा स्मरण गरेका थिए । 
 
के हुँदैछ सम्मेलनमा ?
 
दोस्रो सम्मेलनको क्रममा तीनदिनसम्म एटलान्टाको नेपाली समुदाय तात्ने भएका छन् ।
 
नेप्लिज एसोसिएसन अफ जर्जिया (नाग) को स्थानीय आतिथ्यतामा हुन लागेको सम्मेलनका क्रममा पहिलो दिन मे २५ मा साहित्यीक कार्यक्रम हुनेछ । त्यसका लागि बिडिए म्यासाचुसेट राज्य अध्यक्ष महेश्वर पन्तको संयोजकत्वमा समिति गठन भएको छ । 
 
दोस्रो दिन सम्मेलनको मुख्य कार्यक्रम साधारण सभा तथा नयाँ नेतृत्व चयन हुनेछ । त्यस क्रममा भलिबल प्रतियोगिता समेत राखिएको छ । सम्मेलनको तेस्रो दिन वृहद रक्तदान कार्यक्रम कार्यक्रम राखिएको छ ।
 
ब्लड डोनर्स अफ अमेरिकाको मे २५ र २६ एटलान्टामा हुने सम्मेलनको सन्दर्भमा आयोजित पत्रकार सम्मेलनको प्रत्यक्ष प्रशारण भिडियो: