मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

स्व. कमलाको स्मृतिको फाउण्डेसन स्थापना

स्व. कमलाको स्मृतिको फाउण्डेसन स्थापना


ड्यालस (अमेरिका) – तीन साता अघि निधन हुनुभएकी ड्यालसकी समाजसेवी तथा नर्स कमला शाक्यको सम्झनामा परिवारले फाउण्डेसन स्थापना गरेका छन् ।
 
लामो समय स्वास्थक्षेत्रमा कृयाशील शाक्यको सम्झनामा परिवारले खडा गरेको ‘कमला शाक्य फाउण्डेसन’ मार्फत पहिलो चरणमा मेमोग्राम मेसिन किनेर धुलिखेल अस्पताललाई दिने तयारी भएको छ । शाक्यको गर्भाशय संबन्धि क्यान्सरबाट असामयिक निधन भएको थियो ।
 
कमलाका पति स्वयम्भू शाक्यका अनुसार नेपालमा महिलाहरुलाई हुने क्यान्सर जाँच्नका लागि मेमोग्राम मेसिन खरिद गरेर दिन लागिएको हो । यसका लागि धुलिखेल अस्पताल र डा. राजेन्द्र कोजुसँग छलफल भैसकेको उनले बताए ।
 
मेमोग्राम मेसिन खरिदका लागि आवश्यक रकम जुटाउनको निम्ति आउँदो आइतबार फण्डरेजिङ डिनर कार्यक्रम आयोजना गरिएको छ । मे १३ तारिक आइतबार दिउँसो ४ बजेदेखि युलेसको फिसटेल रेष्टुँरामा फण्डरेजिङ डिनर आयोजना हुनेछ । उक्त डिनरमा सहभागी भएर फाउण्डेसनको पुनित कार्यमा सहयोग गरिदिन परिवारले आग्रह गरेका छन् ।