मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राजनीति-समाज   

मोदीको भ्रमण हुने भएपछि रातारात सडक कालोपत्रे

मोदीको भ्रमण हुने भएपछि रातारात सडक कालोपत्रे


काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल यही २८ गते आउने भएपछि धनुषाको जनकपुर, काठमाडौंमा उनी जाने ठाउँहरु र मुस्ताङको मुक्तिनाथ क्षेत्रमा आश्चार्यजनक परिर्वतन भैरहेका छन् । यतिखेर जानकी मन्दिर अगाडि द्रुतगतिमा कालोपत्रे गरिँदै छ । 
 
स्थानीयले आन्दोलन गर्दासमेत नपुरिएका सडक खाडलमा अहिले रातारात कालोपत्रे गरिएको छ । वर्षौदेखि नउठेको फोहोर सफा गरेर एक दिनमै चिरिच्याट पारिएको छ ।
 
कतिसम्म भने वर्षौं बिग्रिएको चावहिल जोरपाटी सडकमा रातारात कालोपत्रे गरिएको छ । मोदी चुच्चेपाटीको हायात होटलमा बस्ने भएपछि यो सडक रातारात कालोपत्रे गरिएको छ । तर, त्यही हायात होटल अगाडि जोरपाटी जानेबाटोमा भने खल्डाखुल्टी उस्तै छन् । स्थानीयहरु पानी छ्यापेर धुलो मारिरहेका छन् । 
 
चावहिल चोकबाट सडक कालोपत्र गर्न थालिएको भन्दै स्थानीयहरु खुशी भएका थिए । तर, त्यो बाटो होटल हायातसम्म मात्र पुग्यो । कतिसम्म भने सडक छेउ छाउको ढल व्यवस्थित नै नगरी धमाधम कालोपत्रे गरिएको छ ।
 
जनताले तिरेको करको पैसा यसरी रातारात सडकमा खन्याएर बनाइएको कालोपत्रे कति दिन टिक्छ त्यो भने प्रधानमन्त्री मोदीको फिर्ती सवारी पछि नै थाहा लाग्ने छ । 
 
यसलाई सरकारको लम्पसारवाद भनेर टिप्पणी गरिएको छ भने कतिपयले नौटंकीको संज्ञा दिएका छन् । (तस्बिर  नारायण न्यौपाने / रासस)