मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

मोदीको स्वागतमा निर्माण गरिएको स्वागतद्वार भत्कियो

मोदीको स्वागतमा निर्माण गरिएको स्वागतद्वार भत्कियो


जनकपुरधाम । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको आसन्न जनकपुरधाम भ्रमणका लागि बनाइएको स्वागतद्वार र अभिननन्दन स्थल हावाहुरी र वर्षाका कारण प्रभावित बनेको छ । 
 
हावाहुरीले विभिन्न स्थानमा बनाइएको स्वागतद्वारमा पनि क्षति पु¥याएको छ । भारतीय प्रधानमन्त्रीलाई स्वागत र नागरिक अभिनन्दन गर्न १० दिनदेखि तयारी गरिएको थियो । तर हावाहुरीले सबै क्षति पुर्यायो ।  ‘हावाहुरीले भत्किएको प्रवेशद्वार, सिँगारिएका ठाउँहरू पहिला जतिकै बनाउन त सक्दैनौं । तै पनि जति बनाउन सक्छौं । छिटो बनाउने तयारी भइरहेको छ,’ जनकपुर जनकपुर उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मदन घिमिरेले भने ।
 
अभिनन्दन स्थल बाह्र बिघा मैदान जलमग्न भएको छ । जनकपुरधाम विमानस्थलदेखि जानकी मन्दिरसम्म बाटो पनि विभिन्न स्थानमा जलमग्न भएको छ । कालोपत्र गरिएका सडक र विद्यापति राममन्दिरसम्मको बाटोमा समेत ठाउँ–ठाउँमा पानी जमेर बिजोग छ । वैशाख २८ गते शुक्रबार भारतीय प्रधानमन्त्री मोदीको दुईदिने नेपाल भ्रमण हुँदैछ । तस्बिर : एजेन्सी