मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिजनेस/ इकोनोमी   

यातायात व्यावसायीले अन्ततः सरकारसँग घुँडा टेके

यातायात व्यावसायीले अन्ततः सरकारसँग घुँडा टेके


काठमाडौँ । सार्वजनिक यायातातका क्षेत्रमा एकाधिकार सिन्डिकेट लाद्दै आएको यातायात व्यावसायीले सरकारसँग घुँडा टेक्न बाध्य भएको छ । 
 
देशभर यातायात ठप्प पार्दै आन्दोलनमार्फत सिन्डिकेड कायम गर्न खोजेको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको आन्दोलन तुहिएन मात्रै, सरकारसँग ५ बुँदे सहमति गर्नसमेत बाध्य भएको छ ।
 
सरकारसँग लिखित सम्झौता गर्दै महासंघले यातायात क्षेत्रलार्इ व्यवस्थित बनाउन चालिएको कदमको स्वागतसमेत गरेको छ । यातायात क्षेत्रको जुनसुकै प्रकारको सिन्डिकेड अन्त्य गर्नेमा व्यवसायीहरु सहमत भएका छन् ।
 
महासंघले वैशाख २१ गते १ दिन र वैशाख २७ गतेदेखि अनिश्चितकालिन हड्तालको घोषणा गरेको थियो। सरकारसँगको सहमतिपछि उक्त आन्दोलन पनि फिर्ता भएको छ ।