मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

सिन्डिकेटसँग सरकारले घुँडा टेक्दैन : गृहमन्त्री

सिन्डिकेटसँग सरकारले घुँडा टेक्दैन : गृहमन्त्री


हेटौंडा ।  गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले सिन्डिकेटसँग सरकारले कुनै पनि हालतमा घुँडा नटेक्ने बताएका छन् ।
 
यातायात क्षेत्रको सिन्डिकेट अन्त्य गर्न जरुरी रहेको भन्दै गृहमन्त्री थापाले सिन्डिकेटको खारेज गर्न सरकार प्रतिबद्ध रहेको बताएका थिए । उनले सिन्डिकेटको पक्षमा सरकारी कर्मचारी लागेको पाइएमा कारबाहीको दायरामा ल्याउने बताएका हुन् । 
 
मंगलबार हेटौंडामा भएको प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा सहभागी हुन आएका गृहमन्त्री थापाले पत्रकारहरुसँग कुरा गर्दै सिन्डिकेटका अगाडि सरकारले कुनै पनि हालतमा घुँडा नटेक्ने दाबी गरे । 
 
अपराध र सिन्डिकेट विकाससँग जोडिएको भन्दै गृहमन्त्री बादलले यस्ता कुरालाई निस्तेज पार्नुपर्ने बताए । उनले  गलत क्रियाकलाप समाप्त पार्न सरकार लागेको बताएका हुन् । 
 
देशको आवश्यकता र जनताको जनादेश विकास र समृद्धि भएको बताउँदै विकास र समृद्धिको लक्ष्य हासिल गर्न सुरक्षा, सुशासन र स्थायित्व अपरिहार्य भएको उनको तर्क  थियो  । अपराधलाई निस्तेज गर्ने क्रममा भ्रष्टाचार, तस्कर, लागुऔषध, वैदेशिक रोजगारमा हुने तस्करी नियन्त्रण गर्नुपर्ने तथा शान्ति सुरक्षा र अपराध न्यूनीकरण पनि राज्यको चुनौती रहेको उनले बताए ।
 
देश अहिले स्थायित्वतिर अगाडि बढेको भन्दै स्थायित्व बचाउन चुनौती रहेको बताउँदै उनले भने, ‘स्थायित्वलाई अस्थिरता तर्फ लैजान केही षडयन्त्रहरु भइरहेका छन् ।’ 
 
हिले केही छिटफुट घटना भइरहेको भन्दै थापाले यसलाई सरकारले नियन्त्रणमा लिने बताए । स्थायित्व तथा विकासका लागि वामपन्थीहरु एकै ठाउँमा आएको भन्दै अब छिटै नै नेकपा एमाले र माओवादी केन्द्र एक हुने पनि दाबी गरे । पार्टी एकतामा केही व्यावधान, अप्ठ्यारा आएको भए पनि त्यसले केही असर नपार्ने उनले बताए ।
 
पछिल्लो समय धार्मिक र जातीयतका कुरा गरी बिखण्डन तथा अस्थिरता ल्याउन खेल भइरहेको भन्द्र त्यसतर्फ सचेत हुन उनले आग्रह गरे । सरकारको स्थायित्वलाई असर पुग्ने गरी समानान्तर सरकार खडा गर्ने नाममा अस्थिरता पैदा गर्ने कोशिस भएकोमा सरकारको ध्यानकर्षण भएको बताए ।
 
 
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी धार्मिक भ्रमणको अवसरमा जनकपुर आउने भएकोले दुई देशबीचको सम्बन्धलाई सुदृढ गराउनका लागि थप बल पुग्ने उनले बताए । प्रधानमन्त्रीको भारत भ्रमण सफल भएको भन्दै अब चीनको भ्रमण हुने गृहमन्त्री थापाले बताए ।