मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

इन्द्रेणी र प्रवासीले गरे बनभोज सहित शूभकामना कार्यक्रम

इन्द्रेणी र प्रवासीले गरे बनभोज सहित शूभकामना कार्यक्रम


हिमालयखवर संवाददाता
टेक्सस (अमेरिका)– नेपाली नयाँवर्ष सुरु भएको दुई हप्ता बितिसके पनि प्रवासमा भने नयाँवर्षको ह्याङ्गओभरले छाडेको छैन । यसैक्रममा नेपाली नयाँवर्ष २०७५ को अवसरमा आइतबार ड्यालसको युलेसमा पिकनिक सहित शूभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ । 
 
इन्द्रेणी सांस्कृतिक संघ र प्रवासी नेपाली मञ्चको संयुक्त आयोजनामा भएको उक्त कार्यक्रममा बालबालिका, महिला तथा पुरुषहरुका लागि बिभिन्न मनोरञ्जनात्मक प्रतियोगितात्मक खेलहरु समेत समावेश गरिएको थियो । युलेसको बियरक्रिक पार्कमा आयोजना गरिएको कार्यक्रममा प्रवासी मञ्च अमेरिकाकी उपाध्यक्ष यमुना भट्टराई, टेक्सस च्याप्टरका अध्यक्ष मणि भण्डारी, इन्द्रेणी सांस्कृतिक संघका अध्यक्ष तारा भुषाल लगायतले शूभकामना मन्तव्य व्यक्त गरेका थिए । 
 
सबैलाई अनुकुल समय मिलाउने क्रममा दुई हप्तापछि भएपनि सबै जना एकै ठाउँमा बसेर बनभोज सहित नेपाली नयाँवर्ष मनाउन पाएकोमा वक्ताहरुले खुशी व्यक्त गरेका थिए । 
 
आगामी वर्षहरुमा पनि अझै भव्य र व्यबस्थित रुपमा नयाँवर्षका कार्यक्रमहरु गर्दै जाने प्रवासी मञ्च टेक्ससका अध्यक्ष मणि भण्डारीले बताए। इन्द्रेणी सांस्कृतिक संघले नयाँवर्ष, दशैं, तिहार, फागुपूर्णिमा, तिज जस्ता नेपाली पर्वहरुलाई अमेरिकामा मनाउँदै आएको छ ।