मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एनआरएन विशेष   

एकजुट भएर अघि बढौँ– डा. पौडेल (भिडियो सहित)

एकजुट भएर अघि बढौँ– डा. पौडेल (भिडियो सहित)


हिमालयखवर संवाददाता
टेक्सस (अमेरिका) – गैर आवासीय नेपाली संघ (एनआरएन) अमेरिकाका अध्यक्ष डा. केशव पौडेलले पुराना कुराहरुलाई बिर्सिएर अमेरिकामा रहेका नेपालीहरु एकजुट भएर अघि बढ्न आग्रह गरेका छन् । 
 
‘विगतमा यस्तो भएको थियो, उस्तो भएको थियो भनेर होइन अब हामीले ती सबै तिता कुराहरुलाई भुलेर समुदायको हितमा अघि बढ्न जरुरी छ,’ डा. पौडेलले भने । आइतबार ड्यालसमा आयोजना गरिएको संक्षिप्त कार्यक्रममा डा. पौडेलले अब नेपाली समुदायमा विवाद भन्दा पनि मिलेर अघि बढ्नुपर्ने र त्यसका लागि आपूm जुनसुकै त्याग गर्न पनि तयार रहेको बताए ।
 
एनआरएनले गर्न लागेको बौद्धिक भेला तथा साधारण सभाको बारेमा जानकारी दिन आयोजना गरिएको कार्यक्रममा पौडेलले पढेकामात्र विज्ञ र बौद्धिक नभै हरेक क्षेत्रमा विज्ञता हाँसिल गरेकाहरुले समेत त्यसमा सहभागिता जनाएर सहयोग गर्न आग्रह गरे । आउँदो जुन १६ र १७ तारिकमा क्यालिफोर्नियाको सानफ्रान्सिस्कोमा एनआरएनले विज्ञ सम्मेलन सहित साधारण सभा गर्दैछ । 
 
कार्यक्रममा एनआरएन अमेरिका क्षेत्रका संयोजक गौरीराज जोशीले एनआरएनलाई धनीहरुको संस्था भनेर बाहिर भनिएजस्तो नभएको र यो सबै नेपालीहरुको साझा संस्था भएकोले सहयोग गर्न आग्रह गरे । ‘विज्ञ सम्मेलन पनि धनीहरुको मात्र भेला होइन, यसमा हरेक क्षेत्रमा विज्ञता हाँसिल गरेकाहरुबाट प्राप्त सुझावलाई कार्यान्वयन गर्न पहल गरिनेछ,’ जोशीले भने ।
जोशीले अमेरिकी सरकारले नेपाललाई प्रदान गरेको टिपिएसका बारेमा जोशीले नेपाली समुदायका तर्फबाट हुनुपर्ने जति पहल भएपनि आंशीकमात्र सफलता प्राप्त भएको बताए । ‘हाम्रो प्रयास अझै पनि जारी छ,’ उनले भने ।
 
कार्यक्रममा एनआरएन अमेरिकाका वरिष्ठ उपाध्यक्ष सुनिल शाहले अहिलेसम्म भएका कार्यहरुको बारेमा चर्चा गरेका थिए । त्यस्तै उपाध्यक्ष उमा थापाले क्यालिफोर्निया च्याप्टरको आतिथ्यतामा हुन लागेको साधारण सभा तथा विज्ञ सम्मेलनका लागि बिभिन्न तयारीहरु पुरा भैसकेको जानकारी दिइन् । 
 
कार्यक्रममा एनआरएन अमेरिकाका पूर्व उपाध्यक्ष राम सी पोखरेल लगायत स्थानीय ड्यालसबासी नेपालीहरुले एनआरएनले नेपाली समुदायका लागि देखिने र महसुस हुने खालका कार्यक्रम गर्न सुझाव दिएका थिए ।