मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

साहित्य / कला   

विटु केसीको ‘मायाको मात’ मुक्तकसंग्रह विमोचित

विटु केसीको ‘मायाको मात’ मुक्तकसंग्रह विमोचित


काठमाडौँ । साहित्यकी स्रष्टा विटु केसी बरालको ‘मायाको मात’ नामक मुक्तकसंग्रह आइतबार काठमाडौँमा सार्वजनिक भएको छ । 
 
अमेरिकामा बस्दै आएकी स्रष्टा केसीको उक्त मुक्तकसंग्रह प्रज्ञा प्रतिष्ठानका उपकुलपति विष्णु विभु घिमिरेले विमोचन गरेका थिए । 
 
उपकुलपति घिमिरेले नेपाली साहित्यको फाँटमा मुक्तक विधाले अर्को कृति पाएको चर्चा गर्दै किताबले परदेश र स्वदेशको भावनालाई संग्रहित गरेको उल्लेख गरे ।  
 
नेपाल मुक्तक प्रतिष्ठानले आयोजना गरेको उक्त कार्यक्रममा साहित्यकार तथा समालोचकहरु डा लक्ष्मण गौतम, सनत वस्ती, गजलकार ज्ञानुवाकर पौडेल, किताबको लेखिका विटु केसीले मुक्तक विधामा सशक्त स्रष्टाको अभाव खट्किरहेको चर्चा गरेका थिए । कार्यक्रममा लेखक एवम् वरिष्ठ पत्रकार तारा बरालको विशेष उपस्थिति रहेको थियो । 
 
मुक्तकसंग्रह ‘मायाको मात’मा सामाजिक, राजनीतिक विकृति र विसङ्गतिका विषयहरु समेटिएका छन् । कूल ६४ पृष्ठको उक्त मुक्तकसंग्रहमा १२६ वटा मुक्तक समावेश गरिएको छ । स्रष्टा केसी हिमालय खबरको सम्पादन समूहमा पनि आवद्ध छिन् ।