मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

कोलोराडो सप्ताहको स्थानीय संघ संस्थाका अध्यक्षद्धारा सामुहिक उद्धाटन (भिडियो सहित)

कोलोराडो सप्ताहको स्थानीय संघ संस्थाका अध्यक्षद्धारा सामुहिक उद्धाटन (भिडियो सहित)


कोलोराडो (अमेरिका)- नेपाली र नेपाली भाषी भुटानीहरूको बाक्लो बसोबास रहेको कोलोराडोमा नेपालीहरूको साझा सामुदायिक भवन निर्माणका लागी आर्थिक संकलन गर्ने उद्धेश्यले अयोजना गरिएको श्रीमद्भागवत् महापुराणको स्थानीय संघ संस्थाका अध्यक्षहरूले एक भव्य समारोह बिच सामुहिक उद्धाटन गरेका छन् । 
 
नेपाली घरको संयोजन तथा कोलोराडोमा कृयाशिल सबै संघ संस्था र समाजसेवीहरूको आयोजनामा भोलि अप्रिल २९ देखी मे ५ तारिक सम्म वाचन प्रवीण गुरु दिनबन्धु पोखरेलको मुखारबिन्दबाट वाचन हुने श्रीमद्भागवत् महापुराणको आज पानसमा बत्तीबालेर स्थानीय संघ संस्थाका अध्यक्षहरूले सामुहिक उद्धाटन गरेका हुन् ।
 
कार्यक्रम उद्धाटन गर्नु अधि बिधिबत् पूर्वाङ्ग पुजा, कलश पुजा गरी कलशयात्रा गरिएको थियो । पञ्चकन्यालाई अगाडीलागाएर आयोजना गरिएकको कलशयात्रामा उपस्थित सबै आ–आनो जातीय पहिरहनमा सहभागी भएका थिए । भगवानको जय जयकार गर्दै श्रीमद् भागवत् पुराणका डेलीहरु र २९२ कलशहरू बोकेर उनीहरूले कार्यक्रम स्थल परिक्रमा गरेका थिए । 
 
कलशयात्रा 
 
कलशयात्रा पछि नेपाल र अमेरिकाको राष्ट्रिय गान सँगै सुरु भएको औपचारिक कार्यक्रममा भव्य स्वागतका साथ वाचन प्रवीण गुरु दिनबन्धु पोखरेललाई व्यास आसनमा आसन ग्रहण गराइएको थियो । आसन ग्रहण पछि पुजा समितिका अध्यक्ष उत्तरा श्रेष्ठ र अध्यक्ष मण्डलका सदस्य नविन दत्तले जग्गेका बाचकी, उपबाचकी लगायतका सबै पण्डितहरूलाई बरणगरि कार्यक्रमलाई बिधिपुर्वक सफलाका साथ सम्पन्न जिम्मा लगाएका थिए । त्यस्तै सबै संघ संस्थाका अध्यक्षहरूले कुश पानी समाती सामुहिक प्रतिष्ठा संकल्प गरेका थिए ।
 
अध्यक्ष मण्डलका सदस्य डा. बिष्णुबहादुर श्रेष्ठको अध्यक्षतामा आयोजित कार्यक्रममा आर्का सदस्य रामप्रसाद श्रेष्ठले उपस्थित सबैलाई स्वागत गरेका थिए । त्यस्तै ईनटरनेशनल ईमीग्रेन्ट अफेर्स अरोराका मेनेजर रिकार्दो गाम्ब्यत्ताले कार्यक्रममा सम्बोधन गर्दै अरोरा सिटीमा यस्तो भव्य र सब्य कार्यक्रम आयोजना भएकोमा आफूलाई ज्यादै खुसी लागेको भन्दै कार्यक्रम पूर्ण सफलताको शुभकामना दिए ।
 
कार्यक्रमको अन्यमा वाचन प्रवीण पण्डित दिनबन्धु पोखरेलले सबै भक्तजनहरूलाई सम्बोधन गर्दै नेपाली भाषा संस्कृतिको संरक्षण र पहिचाहन सँगै सामुदायिक निर्माण गर्ने उद्धेश्यले आयोजना गरिएको कार्यक्रमका सातै दिनमा उपस्थित भई आध्यात्मीक ज्ञान लिनहुन सबैलाई अनुरोध गरे । आफू विश्व भर यस्ता सयौँ कार्यक्रमा उपस्थित भई कार्यक्रम भव्यताका साथ सफल बनाएको उदाहरण प्रस्तुत गर्दै कोलोराडोको यस कार्यक्रम पनि सफल पार्न सबैलाई आग्रह गरे ।