मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

नेपालीले पाउँदै आएको टिपीएस, सन २०१९ को जुनमा अन्त्य हुने

नेपालीले पाउँदै आएको टिपीएस, सन २०१९ को जुनमा अन्त्य हुने


हिमालयखबर संबाददाता
अमेरिका-
भूकम्पपछि नेपालीले अमेरिकामा बस्न र काम गर्न पाउँदै आएको ‘अमेरिकी सुविधा’ ‘टेम्प्रोररी प्रोटेक्टेड स्टाटस’ (टिपीएस) सन २०१९ को जुन २४ बाट अन्त्य हुने भएको छ । 
 
टिपिसको सुविधा लिँदै आएकाहरुको नेपाल फर्कने वातावरणलाई सहज बनाउन संक्रमणकालीन रूपमा १२ महिनाको समय थप गरिएको डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले जनाएको छ । 
 
सन २०१५ को अप्रिलमा गएको विनाशकारी भुकम्पछि र त्यसपछि पनि लगातार गएका पराकम्पहरुलाइ ध्यानमा राख्दै नेपालीलाई टिपिएस् सुबधिा दिइएको र अब नेपालमा त्यस्तो अवस्था नरहेका कारण टिपिएस् अन्त्य गर्ने निर्णय गरिएको होमल्याण्ड सेक्युरिटीले स्पष्ट पारेको  छ । होमल्याण्ड सेक्युरीटीद्धारा बिहीबार जारी  विज्ञप्तिमा भनिएको छ– “नेपालले नै अब आफ्ना नागरिकहरूको फिर्तीलाई व्यवस्थापन गर्न सक्छ ।” 
 
विज्ञप्तिमा भूकम्पपछि नेपालले उल्लेख्य सुधार गरेको र पुनर्निमाणको कार्यमा पनि उल्लेख्य प्रगति भएको जनाइएको छ । 
 
विज्ञप्तिका अनुसार, थप गरिएका १२ महिनामा टिपीएस सुविधामा रहेका नेपालीले नेपाल फर्कने तयारीका लागी समय पाउनेछन भने अन्य स्टाटसमा  जान योग्य भए त्यसका लागी पनि उनीहरूलाई प्रर्याप्त समय मिल्नेछ ।  
 
हाल टिपीएसमा रहेका नेपालीले टिपिएस अन्त्य हुने अन्तिम दिन जुन २४, २०१९ सम्म अमेरिकामा बस्न र काम गर्नका लागी पुन रजिष्टर गर्नु पर्ने र यसबारे विस्तृत विवरण फेडेरल रजिष्टर नोटीस मार्फत दिइने हामेल्याण्ड सेक्युरिटीले जनाएको छ । 
 
टिपिएस मार्फत करिब पन्ध्र  हजार नेपालीले अमेरिकामा बस्ने र काम गर्ने सुविधा पाउँदै आएका थिए । त्यसमध्ये करिब ६ हजार नेपाली अन्य स्टाटसमा गएकोले हाल नौ हजार नेपालीले टिपीएस सुविधा लिइरहेको बताइन्छ। 
 
यो बिचमा टिपिएसको समय बढाउन अमेरिका स्थित  विभिन्न नेपाल संघ संस्थाहरूले  पहल गदै आएपनि नेपाल सरकारले भने यस पटक औपचारिक रूपमा कुनै पहल गरेको थिएन ।