मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

३३ किलो सुन प्रकरणका एसपीसहित दुई सई निलम्बनमा

३३ किलो सुन प्रकरणका एसपीसहित दुई सई निलम्बनमा


काठमाडौँ । ३३ किलो सुन र सनम हत्याकाण्डमा मुछिएका एसपी विकासराज खनालसहित दुई सई बालकृष्ण सञ्जेल र गजेन्द्र रावल निलम्बनमा परेका छन् । 
 
मोरङ जिल्ल प्रहरीले जिल्ला अदालतमा उनीहरूविरुद्ध संगठित अपराध र कर्तव्य ज्यान मुद्दा दर्ता गरेपछि स्वतः निलम्बनमा परेका हुन ।
 
नेपाल प्रहरीका प्रवक्ता डिआइजी मनोज नेउपानेले भने, “अदालतले अनुसन्धानमा राख्न आदेश दिनेवित्तिकै स्वतः निलम्वनमा पर्छन्, यस्तोमा मोरङ प्रहरीले प्रहरी प्रधान कार्यालयलाई जानकारी गराएपछि हेडक्वाटरले औपचारिक पत्रबाट निलम्बन गर्छ ।” 
 
उनले घटनाको अनुसन्धानपछि निर्दोष प्रमाणित भए फेरि सेवामा फर्किन सक्ने बताए । माघ ७ गते युएर्इबाट आएको ३३ केजी सुनका मालिक गोरे भनिने चूडामणि उप्रेतीसँग प्रहरी अधिकारीको सम्बन्ध रहेको देखिएपछि उनीहरु पक्राउ परेका थिए । 
 
यही प्रकरणमा आइतबार पक्राउ परेका पूर्व डिआईजी गोविन्द निरौलामाथि पनि संगठित अपराध र कर्तव्य ज्यानअन्तरगत मुद्दा चलाइएको हो । 
 
३३ किलो सुन प्रकरणमा गोरेका लेखापाल सनम शाक्यको हत्या भएको थियो । ३३ किलो सुन प्रकरणमै महानगरीय अपराध अनुसन्धान महाशाखाका प्रमख एसएसपी दिवेश लोहनी, डीएसपी प्रजित केसी र सई बालकृष्ण सञ्जेल हेडक्वाटर तानिएका थिए ।
 
तर, मुद्दा दायर भने सइहरुमाथि मात्रै भएको छ । ३३ किलो सुन हराएपछि हत्याको रूप लिँदै जाँदा गृह मन्त्रालयले सह–सचिव ईश्वर पौडेल नेतृत्वको छानविन समिति गठन गरेको थियो । घटनामा हालसम्म २२ जना पक्राउ परेका छन् भने गोरे भनिने उप्रेतीसहित २१ जना फरार रहेका छन् ।