मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिजनेस/ इकोनोमी   

ढाकाबाट छुटेको बस चितवन हुँदै काठमाडौँ पुग्यो

ढाकाबाट छुटेको बस चितवन हुँदै काठमाडौँ पुग्यो


काठमाडौँ । नेपालसहित तीन देशको सहकार्यमा बंगलादेशको राजधानी ढाकाबाट पर्यटक बस सञ्चालनको तयारी गरिएको छ । 
 
नेपाल सरकार, बंगलादेश र भारतको सहकार्यमा बंगलादेशबाट भारत हुँदै नेपाल आवातजावत गर्ने पर्यटक बस सञ्चालन गर्न लागिएको हो । ढाकाबाट छुटेको बस भारत हुँदै काँकडभिट्टाबाट चितवन भएर काठमाडौं पुगेको छ । 
 
नेपाल सरकारले पर्यटक भित्र्याउन र समान आयात निर्यात गर्न सुविधा सम्पन्न बस सञ्चालनको तयारी गरेको हो । सन् २०१५ जुन १५ मा बंगलादेश, भारत र नेपालबीच भुटानमा सवारी साधन सञ्चालन गर्न भएको सम्झौताबमोजिम पर्यटक बस सञ्चालनको तयारी गरिएको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सिनियर डिभिजनल इन्जिनियर गोविन्दप्रसाद खरेलले बताए । 
 
बस सञ्चालनको लागि तीन वटै देशका प्रतिनिधिले बस सञ्चालन परीक्षण गरेका छन् । श्यामोली परिबहनका दुई यात्रुबस ढाकाबाट हिँडेको टोली बिहीबार चितवन हुँदै काभ्रेको धुलिखेल पुगेको थियो । 
 
बसमा नेपाल सरकारका प्रतिनिधि ६ जना, भारत सरकारका प्रतिनिधि १२ जना, बंगलादेशका प्रनिनिधि २५ जना र बस कम्पनीका ७ गरी ५० जनाको उच्चस्तरीय टोलीले रुट परीक्षण गरेको छ । 
 
टोलीले बाटोको अवस्था र भन्सारका आइपर्ने इजाजतलगायतका विषयमा अनुगमनसमेत गरेको इन्जिनियर खरेलले बताए । ढाकाबाट छुटेको बस बंगलादेशकै हात्तीकमरुल, सिंराजगंज, बोगरा, रतनपुर, कान्तोनगर, पञ्चगढ, रंगपुर बंगलाबन्द हुँदै भारत प्रवेश गर्नेछ । भारत प्रवेश गरेपछि बुलबारी, सिलगुढी, पानीट्यांकी हुदै नेपाल प्रवेश गर्ने इन्जिनियर खरेलले जानकारी दिए । 
 
ढाकाबाट काठमाडौं आइपुग्न सो बसले एक हजार १७९ किलोमिटरको दूरी पार गर्नुपर्छ । त्यसमा बंगलादेशमा ४४८ किलोमिटर, भारतमा ५० किलोमिटर र नेपालमा ६५९ किलोमिटर गुड्ने छ । भारतको राजधानी नयाँ दिल्लीमा बस सञ्चालन अभिसन्धिमा नेपाल, भारत र बंगलादेशका यातायात सचिवहरु हस्ताक्षर गरेपछि आधिकारिकरुपमै बस सञ्चालन हुने इन्जिनियर खरेलले बताए । 
 
यो बस सञ्चालन भएपछि नेपाल आउने पर्यटकको संख्या वृद्धि हुनेछ । बसमा तीर्थयात्री पर्यटकहरु बढी आउने अपेक्षा गरिएको खरेलले बताए । अहिले नेपाल आउने पर्यटकहरु हवाइमार्गको मात्र भरपर्नु पर्ने अवस्था रहेको छ । तीनवटा देशलाई जोडेर बस आवतजावत गर्ने गरी सञ्चालन गर्न लागिएको सो बसले नेपालमा पर्यटकको संख्यामा वृद्धि गर्ने अपेक्षा गरिएको छ । 
 
ढाकाबाट छुटेको बस चितवन हुँदै बेलुकी ६ बजे धुलिखेल आइपुगेको हो । चार देशबीच सीधा यातायात सेवा सञ्चालन गर्ने सम्झौता भएपछि पहिलोपल्ट वैशाख १० गते ढाकाबाट यात्रु बोकेरे श्यामोली परिवहनका दुई वटा बस परीक्षण सेवाका लागि छुटेका थिए ।