मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

प्रहरी संगठनका कीराहरु फालेर अपराध नियन्त्रण गर्छु : आईजीपी खनाल

प्रहरी संगठनका कीराहरु फालेर अपराध नियन्त्रण गर्छु : आईजीपी खनाल


हिमालय खबर संवाददाता-
प्रहरी महानिरीक्षक (आईजीपी) सर्वेन्द्र खनालले प्रहरीलाई जनमुखी बनाउने काम सुरु भइसकेको बताएका छन् ।
 
जिल्ला प्रहरी कार्यालय चितवनको निरीक्षणपश्चात् पत्रकारहरुसँग कुरा गर्दै आईजीपी खनालले जनताले अनुभूति गर्ने गरी अपराध नियन्त्रण तथा अनुसन्धानको कार्यलाई अगाडि बढाइएको जानकारी दिए ।
 
उनले भने, “केही कामहरुको जनताले अनुभूति गरिसकेका छन् । अब हाम्रो प्राथमिकता नै अपराध नियन्त्रण गर्ने रहेको छ ।”
 
प्रहरी संगठनमा सुधार गर्नुपर्ने अवस्थाका विषयमा राखेको जिज्ञासामा प्रहरी प्रमुख खनालले प्रहरी संगठनमा बसेका केही नालायक सदस्यले गरेका कामका आधारमा पूरै प्रहरी संगठनसँग जोड्न नमिल्ने बताए । उनले भने, “त्यस्ता व्यक्तिहरुलाई प्रहरी भन्न मिल्दैन । संगठनमा त्यस्ता केही कीराहरु हुन्छन्, तिनलाई फाल्नुपर्छ ।”
 
आईजीपी खनालले राम्रो काम गर्नेलाई पुरस्कृत गर्ने र नराम्रो काम गर्नेलाई दण्डित गर्ने प्रावधान भएकाले यस्ता कीराहरु छन् अब संगठनमा अटाउँदैनन् ।”
 
उनले प्रहरी अपराधी र बदमासहरुसँग मिलेमतो राख्छन् भने त्यस्ता प्रहरीहरु संगठनमा नअटाउने समय सुरु भइसकेको धारणा राखे ।
 
उनले प्रदेशमा प्रहरीको संरचना व्यवस्थापन गर्ने विषयमा पनि गृहमन्त्रालयबाट अन्तिम रुप दिने काम भइरहेको जानकारी दिए ।
 
अहिले भएका प्रहरीबाटै उच्चतम प्रयोग गरेर देशको शान्ति, सुरक्षामा प्रहरीले काम गर्दै अगाडि बढ्ने बताउँदै उनले प्रहरीमा देखिएको जनशक्ति अभावलाई पनि विस्तारै वृद्धि गर्दै लैजान आवश्यक रहेको औंल्याए ।