मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

नेपालीले पाएको टीपीएस नविकरण नहुने ?

नेपालीले पाएको टीपीएस नविकरण नहुने ?


हिमालयखवर संवाददाता
अमेरिका– अमेरिकाको आप्रावासी मामिला सम्वन्धि मुख्य निकाय होमल्याण्ड सेक्यूरिटीले करिव ९ हजार नेपाली नागरिकले अमेरिकामा अस्थायी रुपमा वस्न र काम गर्न पाएको सुविधा टेम्प्रोररी प्रोटेक्स स्टाट्स (टीपीएस) गुमाउने संभावना वढेको छ । द वासिंटन पोष्टमा मंगलवार प्रकाशित समाचार अनुसार ट्रम्प प्रशासन नेपालीले पाएको टीपीएस सुविधा नविकरण नगर्ने तयारी गरेको उल्लेख छ । 
 
विहिवार सम्म टीपीएसवारेमा अमेरिकी सरकारको आधिकारिक निर्णय आउंछ भनेर नेपाली समुदाय प्रतिक्षामा रहेका रहेको थियो ।  टीपीएस नविकरण नहुदां अव करिव १५ महिना भित्र टीपीएस प्राप्त नेपालीले कि अर्को स्ट्याट्समा जान पहल गर्नु पर्छ होइन भने नेपाल फर्किनु पर्ने छ । तर, टीपीएस भएका अधिकांश नेपालीले भने पहिले नै अन्य स्ट्याट्समा जान निवेदन दिईसकेको प्रवासी नेपालीलाई कानुनी परामर्श दिईरहेका वकिलले वताएका छन् । 
 
पोष्टले हेरेको होमल्याण्ड सेक्युरिटीज्को आन्तरिक कागजात अनुसार ती टीपीएसमा रहेका ९ हजार नेपालीलाई एक बर्षको ग्रेस परियड भित्र अमेरिका छाड्न भनिएको पोष्टको समाचारमा उल्लेख छ । यदी उक्त ग्रेस पिरियड (तोकिएको समय) भित्र अमेरिका नछाडे जनु २४ २०१९ वाट अमेरिका सरकारले  निकाल्ने कानुनी प्रकृया डिर्पोटेशन शुरु हुने छ । 
 
नेपालमा ठिक तिन बर्ष अघि गएको ७ दशमलव ८ रेक्टर स्केलको भुकम्पले पुर्याएको क्षतिलाई हेरेर अमेरिकाले त्यसवेला यहा रहेका नेपालीलाई टीपीएस दिएको थियो ।
 
टीपीएस नविकरणका लागि नेपाली समुदाय, एनआरएन अमेरिका लगायतले पहल गरेका थिए । तर, नेपाल सरकारले भने टीपीएस नविकरणका लागि अमेरिकी सरकारलाई औपचारिक पत्र लेखेको थिएन् । 
 
राष्ट्रपति डोनाल्ड ट्रम्प टीपीएस प्रति अनुदार थिएन । यो अस्थायी सुविधा स्थायी हुन गएको हुदां रोक्नु पर्ने टिप्पणी राष्ट्रपति ट्रम्पले गरेका थिए । 
 
तर, नेपालीले पाएको टीपीएस नविकरण नगर्ने पत्रमा भने होमल्याण्ड सेक्युरिटीका सचिवले हस्ताक्षर भने गरिसकेका छैन । करिव १५ हजार नेपालीले टीपीएस लिएका थिए । तर, अहिले यो संख्या ९ हजारको हाराहारीमा मात्र रहेको अमेरिकी कांग्रेसको अनुसन्धान रिपोर्टमा उल्लेख छ । उक्त रिपोर्ट अनुसार टीपीएस पाउने अधिकांश नेपाली न्यूयोर्कमा बसोवास गर्छन । 
 
होमल्याण्ड सचिवले उक्त पत्रमा हस्ताक्षर नगरेपनि यसै साता निर्णय सार्वजनिक हुन सक्ने पोष्टले जनाएको छ । 
 
अमेरिकी कांग्रेसले सन् १९९० मा विदेशीलाई उनीहरुको देशमा दैविक प्रकोप वा हिंसात्मक द्धन्द्ध आएको अवस्थमा त्यस बेला अमेरिकामा भएका त्यस देशका नागरिकलाई अस्थायी बसोबास सुविधा दिने टीपीएसको व्यवस्था ल्याएको थियो । टीपीएस हुनेले अमेरिकामा काम गर्ने अनुमती वर्क परमिट पाउंछन् । उनीहरुलाई टीपीएस हुदां सम्म डिर्पोटेशन गरिदैंन । तर, नागरिकता पाउने बाटो भने खुल्दैन । समान्यतह ग्रिनकार्ड लिएको पांच बर्षमा अमेरिकी नागरिकताका लागि निवेदन दिन पाइन्छ ।