मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

टीपीएसमा अमेरिका बस्ने नेपालीको संख्या ९०००

टीपीएसमा अमेरिका बस्ने नेपालीको संख्या ९०००


हिमालयखवर संवाददाता
अमेरिका- 
अमेरिकी काँग्रेसले सन् १९९० मा विदेशीलाई उनीहरूको देशमा दैविक प्रकोप वा हिंसात्मक द्धन्द्ध आएको अवस्थामा त्यस बेला अमेरिकामा भएका त्यस देशका नागरिकलाई अस्थायी बसोबास सुविधा दिने टेम्प्रोररी प्रोटेक्टेट स्टाट्स (टीपीएस) को व्यवस्था ल्याएको थियो ।
 
टीपीएसमा हुनेले अमेरिकामा काम गर्ने अनुमति वर्क परमिट पाउंछन । उनीहरूलाई टीपीएस हुदां सम्म सम्बन्धित देश फर्काइँदैन । तर, नागरिकता पाउने बाटो भने खुल्दैन । ग्रिनकार्ड अमेरिकाको नागरिकता पाउने बाटो हो । हाल ट्रम्प प्रशासनले टीपीएसको सन्दरर्भिकता समाप्त गर्दै लगेको छ । केही देशका नागरिकले पाएको टीपीएस सुविधा हटाउने निर्णय भएको छ । राष्ट्रपति डोनाल्ट ट्रम्प प्रशासनले हालै सिरियाका नागरिकले पाएको टीपीएस भने नविकरण गरेको थियो ।
 
कुन देशका कति नागरिक टीपीएसमा छन् । यो नक्सामा हेरौँ । गाढा कालो चिन्ह् भएका देशको टीपीएस छिट्ै समाप्त हुदैं छ । कम गाढा चिन्ह् भएका देशका टीपीएस नविकरणको निर्णय हुन बाँकी छ । यो अमेरिकी काँग्रेसको तथ्यांक हो । यस तथ्यांक अनुसार ९ हजार नेपाली टीपीएसमा छन् । यसको अहिलेको समय जुन महिनामा सकिँदै छ । नेपालीले पाउने टीपीएस नविकरण हुने नहुने केही दिन भित्रै निर्णय हुने सम्भावना छ । 
 
नेपालमा करिब ३ वर्ष अघि ठुलो भुकम्प गएको हुदां यहाँ बस्ने नेपालीलाई टीपीएस सुविधा प्राप्त भएको थियो । नेपालीले पाएको टीपीएस नविकरण हुने सम्भावना रहेको यससँग सम्बन्धितहरू बताउँछन् । नविकरण नभएपनि देश फर्किन वा अर्को स्ट्याट्समा जान निश्चित समय दिइन्छ ।
 
टीपीएसमा कति जना छन् ? यो तथ्यांक भने फेरबदल हुन्छ । उदाहरणका लागि कतिपय टीपीएसमा भएका स्थायी बसोबास अनुमति (ग्रिनकार्ड) वा अन्य स्ट्याट्सका लागि आवेदन दिन सक्छन् । केही स्वेच्छिक रूपमा देश फिर्ता पनि हुन्छन् । त्यसैले संख्यक फेरबदल हुन्छ ।