मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

ओएनएफ र इन्द्रेणीद्वारा संयुक्त पिकनिकको तयारी

ओएनएफ र इन्द्रेणीद्वारा संयुक्त पिकनिकको तयारी


ड्यालस(अमेरिका)-  प्रवासी नेपाली मञ्च (ओएनएफ) टेक्सस च्याप्टर तथा ड्यालस क्षेत्रमा सक्रिय सांस्कृतिक संस्था इन्द्रेणी सांस्कृतिक संघको संयुक्त आयोजनामा आउँदो अप्रिल २९ तारिक शनिबार पटलक पिकनिकको आयोजना गरिएको छ।
 
ओएनएफ टेक्सस च्याप्टरका अध्यक्ष माणिरत्न भण्डारीले हिमालयखबरलाइ दिएको जानकारी अनुसार नयाँ वर्षको अवसर पारेर आयोजना गर्न लागिएको पिकनिकमा शूभकामना अादान प्रदान तथा सांस्कृतिक कार्यक्रम समेत समावेश गरिएको छ । 'अन्य सामाजिक संघ-संस्थाहरूका कार्यक्रम सँग नजुध्ने दिन खोज्दै जाँदा अप्रिल २९ मा पुगेको हो,' भण्डारीले भने । 
 
गीत, नृत्य, खेलकुद सहित अन्य रमाइलो कार्यक्रम तथा आपसी मित्रता र सामाजिक सौहार्दता बढाउने हिसाबले नयाँ वर्ष शुभकामना पिकनिकको आयोजना गरिएको इन्द्रेणी अध्यक्ष ताराप्रसाद भुसालले जानकारी दिए । 
 
पिकनिक युलेसको Villages of Bear Creek Park (1951 Bear Creek Pkwy, Euless, TX 76039) दिउसो २ बजेबाट ७ बजे सम्म आयोजना हुनेछ । पिकनिकको रमाइलो सहभागी हुन सम्पूर्ण ओएनएफ  तथा  इन्द्रेणी सांस्कृतिक संघका शुभ चिन्तकहरुलाई दुवै संस्थाका अध्यक्षहरूले आह्वान गरेका छन् ।