मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

वाफेल हाउसमा बन्दुक चलाएर चार ज्यानको ज्यान लिने अभियुक्त पक्राउ परे

वाफेल हाउसमा बन्दुक चलाएर चार ज्यानको ज्यान लिने अभियुक्त पक्राउ परे


हिमालयखवर संवाददाता
अमेरिका-
अमेरिका टेनिसी स्थित चेन रेष्टुरेण्ट वाफेल हाउसमा गोली चलाएर चार जनाको हत्या गरि भागेका अभियुक्त ट्राभिस जे रेन्किग अन्तत सोमवार पक्राउ परेका छन् । गोलि चलाएर भागेका नग्न अवस्थाका उक्त हत्याराको खोजीका लागि करिव १६० जना प्रहरी लागि परेका थिए । 
 
सोमवार स्थानियले दिएको सुराकका आधारमा हत्यारा २९ बर्षिय रेन्किंग पक्राउ परेका हुन् ।   पक्राउ पर्दा ति अभियुक्तसंग बन्दुक र फ्ल्यासलाइट साथमा रहेको प्रहरीले जनाएको छ । उनको साथमा कोलोराडोको आईडीपनि फेला परेको छ । अभियुक्त पक्राउ परेकोमा मृत्युका आफन्तले राहत महसुस गरेका छन् । 
 
आइतवार टेनिसी राज्यको नैशभिल रेष्टुरेण्टमा ति बन्दुकधारीले गोलि चलाएका थिए । त्यहां रहेका ग्राहकले  बन्दुकधारीलाई प्रत्याक्रमण गरेपछि ति हत्यारा राइफल छाडेर भागेका थिए । यसरी प्रत्याक्रमण नगरेको भए त्यहां अरु धेरैजनाको ज्यान जान सक्थ्यो ।
 
प्रहरीले ती अभियुक्तले एक साता अघि २०१८ को बीएमडब्लु कार चोरी गरी भागेको आशंका गरेको छ । उक्त चोरीको कार रेन्किगंको एपार्टमेण्टको  पार्किंमा फेला परेको थियो । तस्बिर: सामाजिक संजाल