मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

क्यानडा टरोण्टोमा चालकले भ्यान सडक पेटीमा जोत्दा ९ को मृत्यु साढे एक दर्जन घाइते

क्यानडा टरोण्टोमा चालकले भ्यान सडक पेटीमा जोत्दा ९ को मृत्यु साढे एक दर्जन घाइते


हिमालयखवर संवाददाता (एजेन्सीको सहयोगमा)
क्यानडा –
क्यानडा टरोण्टोमा एउटा भ्यानलाई चालकले मानिसहरु हिड्ने व्यस्त सडक पेटीमा गएर जोत्दा कम्तिमा ९ जनाको मृत्यु र साढे एक दर्जन घाइते भएको स्थानिय प्रहरीले जनाएको छ । टरोण्टो शहरका कार्यवाहक प्रहरी प्रमुख पिटर यानले उक्त घटनावारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा उक्त जानकारी दिएका हुन् । उक्त भ्यानका चालकलाई प्रहरीले पक्राउ गरेको छ । 
 
म टरोण्टो शहरलाईलाई यो घटनाका पिडित प्रति प्रथार्ना गर्न र प्रहरीलाई यो घटना निष्कर्षसम्म पुर्याउनका लागि सहयोग गर्न आग्रह गर्छु यानले भने । 
 
यस अघि त्यहांका मेयरले यस्तो घटनाभएपनि शहर सुरक्षित रहेको र सवै समुदायलाई एक हुन आग्रह गरेका थिए । 
 
भाडाको उक्त सेतो भ्यान चालकले मानिसहरु व्यस्त हुने सडक पेटीमा जोतेका थिए । उक्त भ्यान करिव ४० माइल प्रतिघण्टाको रफ्तारमा र चालकको नियन्त्रणमै रहेको प्रत्यक्षदर्शीहरुले वताएका छन् । 
 
क्यानडाका प्रधानमन्त्री जस्टिन टुर्डोले यो घटनामा परेका परिवारप्रति गहिरो शोक व्यक्त गर्दै घटनाका वारेमा आफुले जानकारी लिईरहेको वताएका थिए । यो घटना आतंककारी गतिविधि हो, होइन प्रहरीले अनुसन्धान गरिरहेको संचारमाध्यमले जनाएका छन् । पक्राउ पर्ने भ्यान चालकको नामपनि अहिलेसम्म सार्वजनिक गरिएको छैन ।
 
टरोण्टो क्यानडाको सवैभन्दा ठूलो शहर हो । त्यहां नेपालीको संख्यापनि उल्लेख्य छ । यो घटनामा कुनै नेपाली परेनपरेको सार्वजनिक भएको छैन । तस्बिर: सामाजिक संजाल