मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

ब्लड डोनर्स अमेरिका दोश्रो सम्मेलनको तयारीमा

ब्लड डोनर्स अमेरिका दोश्रो सम्मेलनको तयारीमा


एटलान्टा (जर्जिया), अमेरिका – ब्लड डोनर्स अफ अमेरिकाको दोश्रो राष्ट्रिय सम्मेलन अाउँदो महिना अमेरिकी शहर एटलान्टामा हुने भएको छ । 
 
मे २५ र २६ मा एटलान्टा जर्जियाको हयात  होटेलमा हुन् लागेको सम्मेलनको तयारी सुरू भैसकेको ब्लड डोनर्स अफ अमेरिका (बिडिए) का अध्यक्ष डा. नन्द रेग्मीले दिएका छन् ।
 
सम्मेलनमा अमेरिका भरिका रक्तदाताहरुको उपस्थिति रहने रेग्मीले बताए । नेपाल राष्ट्र तथा सरकार प्रमुख, अमेरिकी भूतपूर्व राष्ट्रपति जिमी कार्टर तथा फेडेरेशन अफ इन्टर नेसनल ब्लोड डोनर्स अर्गनाइजेसनका अध्यक्ष गियान फ्रान्को मस्सारोको समेत शुभकामना प्राप्त उक्त सम्मेलनले नेपाली तथा अमेरिकी समुदायको ध्यान आकर्षण गर्ने दावी रेग्मीको छ । 
 
दुइ वर्ष अघि अर्थात सन् २०१६ मे २७ देखि २९ सम्म ड्यालस टेक्सास बिडिएले पहिलो सम्मेलन गरेको थियो । बिधान अनुसार प्रत्येक २ बर्षमा सम्मेलन गरी नया नेतृत्व चयन गर्छ ।   
 
"Be a Life Saver, Be a Blood Donor‘ (रक्तदाता होउँ, जीवनदाता होउँ) भन्ने नाराका साथमा सम्पन्न हुन लागेको सम्मेलनले, रक्तदानाबाट स्वस्थ जीवन र दीर्घ जीबन कसरी सम्भव छ अर्थात् रक्त दाता बन्नु किन आवस्यक छ भन्ने बारेमा प्रकाश पार्नेछ । सम्मेलनलाइ सम्बोधन गर्न सबै भन्दा बढी रक्तदान गर्ने व्यक्तिका रूपमा गिनिज बुकमा नाम लेखाइ सक्नु भएका फ्लोरिडा राज्यका ८६ बर्षका जोन डब्लु सेपर्ड र उनकी पत्नी एलन सेपर्डको समेत उपस्थिति रहने बिडिएले जनाएको छ ।  
 
नेपलिज एसोसिएसन अफ जर्जियाको होस्टिङ्गमा हुन् लागेको यो दोस्रो सम्मेलनमा नेपाली राजदुताबास, नेपालका लागि पूर्व अमेरिकी राजदूत, नेपाल सरकारका महाबाणिज्य दुतहरु, अन्तराष्ट्रिय साहित्य समाज, एनआरएनए आइसीसी, एएनए,अमेरिकी एबम नेपाली संचार माध्यम, अमेरिकी रेडक्रस, कार्टर ब्लड केयर तथा अन्य ब्लड बैंकका प्रतिनिधिहरु, नेपाली मुलका अमेरिकामा रहेका राष्ट्रिय तथा स्थानीय स्तरका संघ सस्थाको सहभागिता र सहयोग रहने सम्मेलन संयोजक तथा बिडीए जर्जियाका राज्य संयोजक भविन्द्र बस्नेतले जानकारी दिए ।  
 
सम्मेलनको पूर्वसन्ध्यामा मे २५ साँझ अन्तरास्ट्रिय नेपाली साहित्य समाजले अन्तरास्ट्रिय कविता प्रतियोगिताको कार्यक्रम आयोजना गर्ने भएको छ । उक्त कार्यक्रममा नेपाल, इजरायल, अस्ट्रेलिया तथा संसारका अन्य स्थानबाट कविता प्राप्त हुने गरि संयोजन गरिएको कार्यक्रमका संयोजक तथा ब्लड डोनर्स अफ अमेरिकाका म्यासाचुसेट राज्यका संयोजक महेश्वर पन्तले दिए ।