मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

नेपालीमुलका पाठकलाइ क्लार्क अवार्ड

नेपालीमुलका पाठकलाइ क्लार्क अवार्ड


ड्यालस (अमेरिका) – नेपालीमुलका अर्थशास्त्री पराग पाठकले अर्थशास्त्रीलाइ दिइने जोन विट्स क्लार्क अवार्ड प्राप्त गरेका छन् । 
 
अमेरिकन इकोनमिक एसोसिएसनले प्रदान गर्ने यो अवार्डलाइ अर्थशास्त्रतर्फको मिनि नोबेल पुरस्कारका रूपमा लिइन्छ । नेपाली मातापिताबाट सन् १९८० मा न्यूयोर्कमा जन्मेका पाठक म्यासाच्युसेटस इन्स्टिच्युट अफ टेक्नोलोजी (एमआइटी) मा प्राध्यापक छन् । यो अवार्ड ४० वर्षभन्दा कम उमेरका अर्थशास्त्रीलाइ प्रदान गरिन्छ । 
 
पाठकले शिक्षा क्षेत्रको नीति तथा बजार डिजाइनबारे गरेको सफल अध्ययनको लागि सो अवार्ड प्रदान गरिएको अमेरिकन ईकोनोमिक एसोसिएसनले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। हरेक दुई बर्षमा वितरण गरिने यस पुरस्कार पाउने उनी ४१ औ व्यक्ति हुन। अमेरिकन अर्थशास्त्री जोन विट्स क्लाकको नामबाट यस पुरस्कार स्थापना गरिएको हो।
 
३७ वर्षिय पराग पाठकका बुबा आमा काठमाडौंबाट अमेरिकाको न्युयोर्क शहरमा १९७० सरेको उनले बताए। डा पाठकले हावर्ड विश्वविद्यालयबाट एप्लाईड म्याथम्याटिक्स विषयमा स्नातक र स्नातकोत्तर गरेका छन्। तस्बिर: सामाजिक संजाल