मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कला   

संगीतको क्षेत्रमा किशन रेग्मीको प्रवेश (भिडियो सहित )

संगीतको क्षेत्रमा किशन रेग्मीको प्रवेश (भिडियो सहित )


टेक्सस (अमेरिका) – टेक्ससमा संचारकर्मीका रुपमा परिचित किशन रेग्मीले अाफ्नो परिचयमा नयाँ रूपले थपेका छन् । उनले अाफ्नो पहिचान गायकका रूपमा पनि चिनाएका छन् । 
 
युएसखवर डटकम अनलाइन संचालन गर्दै आएका रेग्मीले गायीका श्रुती योगीसँग तालमा ताल मिलाउँदै नवबर्ष २०७५ सँगै ‘कान्छी हे कान्छी‘ बोलको गीत सार्वजनिक गरेका छन् । अप्रिल २० तारिख अर्थात बैशाख ७ गते युएसखबरको आधिकारिक युट्युव च्यानल युएस मिडिया नेटवर्कमार्फत कान्छी हे कान्छी गीत रिलिज गरिएको हो । 
 
गायक रेग्मी यो गीत टेक्ससको स्थानीय स्टुडियोमा रेकर्ड गराएर ड्वेट भर्सनका लागि नेपाल पठाएका हुन् । सोही गीतका ब्यानर तथा अडियोले केही समयदेखि सामाजिक सञ्जालमा राम्रै चर्चा पाएको थियो । उक्त गीतको भिडियो उध्दब सिलवाल प्रोडक्सन र युएस मिडिया नेटवर्कको सहकार्यमा तयार पारिएको हो । 
 
आम दर्शकलाई मध्यनजर गर्दै युवापूस्ताका प्रेम र रोमान्सलाई भिडियोमा समेटिएको छ । गीतका शब्द प्रल्हाद रिजालले लिपिवध्द गरेका हुन भने एसडी योगीले संगीत भरेका छन् । निर्देशक प्रकाश धितालले कलात्मक रुपले भिडियोमा उतारेका छन ।
 
मोडल शिल्पा पोखरेल र पृथ्वीराज प्रसाईले अभिनय गरेको हुँदा पनि यसले ज्यादा चर्चा पाइरहेको छ । ललितपुरको गोदावरी रिसोर्टमा छायाङ्कन गरिएको उक्त गीतको भिडियो उत्सव दाहालले खिचेका हुन भने सुरेन्द्र बसेलले कोरियोग्राफी गरेका हुन् ।