मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

दुर्घटना हुनबाट जोगिएको साउथ वेस्ट एयरलाइन्सका यात्रुलाई ५००० हजार डलर

दुर्घटना हुनबाट जोगिएको साउथ वेस्ट एयरलाइन्सका यात्रुलाई ५००० हजार डलर


हिमालयखवर संवाददाता
अमेरिका- गत मंगलवार साउथ वेस्ट एयरलाइन्सको न्यूयोर्कवाट टेक्सस ड्यालसका लागि उडेको फ्लाइट नम्बर १३८० जहाज अकस्मात एउटा इन्जिन फेल भएपछि फिलाडेलफियामा आपत्कालीन अवतरण गरेको थियो । त्यस बेला जहाजमा १४९ जना यात्रु र ५ जना कर्मचारी थिए । इन्जिनको एउटा धुम्ने पत्ता (ब्लेड) उछिटिएर जहाजमा क्षतिपुगेको थियो । उक्त जहाजका यात्रुका अनुसार वेला जहाज भित्रका यात्रु तनावमा थिए । कतिले अव मरिन्छ होला भनेर आफ्ना प्रियजनलाई सन्देशपनि लेख्न थालेका थिए । कतिले भगवानको प्रार्थना गर्दै थिए । 
 
तर, पाइटलले परिस्थितिलाई नियन्त्रणमा लिई समस्या आएको २२ मिनेटपछि जहाजलाई नजिकको फिलाडेलफिया एयरपोर्टमा आपत्कालीन अवतरण गरिन । अवतरण निकै रफ थियो तर, ठुलो दुर्घटना भने ट्रयो । जहाजको इन्जिनबाट उछिटिएको ब्लेड लागेर एक जना यात्रुको भने  ज्यान गयो । ७३७ ७०० सिरिजको उक्त जहाजमा यस्तो किन भयो अनुन्धान भइरहेको छ । 
 
तर, साउथ वेस्टले भने उक्त जहाजका यात्रुसँग माफी माग्दै ५ हजार डलरसम्मको चेक पठाएको छ । यात्रुले अर्को यात्राका लागि भौचर पनि पाएका छन् । जहाजका यात्रुले आफूले साउथ वेस्ट एयरलाइन्सको क्षमायाचना पत्र र चेक पाएको पुष्टि गरेका हुन् ।
 
न्यूयोर्कवाट ड्यालसका लागि उडेको उक्त जहाज २० मिनेट पछि एक इन्जिनमा विस्फोट भएको थियो। त्यस बेला जहाज ३० हजार फिटको उचाइमा प्रति घण्टा ५०० माइलको गतिमा उडिरहेको थियो । जहाज अमेरिकी नौसेनाको लडाकु विमान उडाएकी महिला पाइलट टेमी जो शल्ट्सले उडाइरहेकी थिइन । जब इन्जिनमा समस्या आयो जहाजले एकैपटक एक हजार फिट तल झ्यो ।
 
जहाजमा अक्सिजन मास्क झर्यो । यात्रुहरू त्रसित भएका थिए । जहाज उठ्नु अघि विमान कर्मचारीले अक्सिजन मास्क लगाउने तरिका सिकाउँछन् । कतिले ध्यान दिन्छन् कतिले यसको आवश्यकता पर्दैछन भनेर ध्यान दिदैंनन । तर, उक्त जहाजमा जब अक्सिजन मास्क लगाउन भनियो कयौँ यात्रुले ठिकसँग लगाउन सकेनन् जानेनन् । सीएनएनले केही यात्रुले ठिकसँग अक्सिजन मास्क नलगाएको जहाज भित्रको तस्बिर प्रकाशित गरेको थियो । 
 
पाइलटले आफ्नो कुशलताको उपयोग गर्दै जहाजलाई समस्यामा परेको २२ मिनेटपछि अवतरण गराउन सफल भइन् । जहाजको  इन्जिनबाट उछिटिएर आएको ब्लेड विमानमा प्वालपारी एक जना यात्रुलाई घाइते भइन उनको अस्पतालमा निधन भयो ।  जहाजले आकस्मिक अवतरण गरेपछि सबै यात्रुले ती महिला पायटलको प्रशंसा गर्दै खुसी व्यक्त गरेका थिए । 
 
कसरी बोडगं ७३७ ७०० सिरिजको जहाजको ब्लेड कसरी बाहिर आयो यसबारेमा पत्ता लगाउन अमेरिका हवाई सुरक्षा अधिकारी र विमान निमार्ता कम्पनीका विज्ञ जुटेका छन् । फोटो: सामाजिक संजाल