विचार / ब्लग

विचारबाट नेपालसँग जोडिन बिद्यार्थी भर्ना अभियानमा एनआरएनको भूमिका

515 पटक पढिएको

- बलायर 'प्रत्याशी'

हिमालयखबर | 20th Apr 2018, Friday | २०७५ बैशाख ७, शुक्रबार ०७:०१
खप्तडबाबाले बिचार बिज्ञानमा भने झैँ हरेक काममा सम्भावनाहरु छन । तर सम्भावना तिनैबाट सम्भव छ जो लक्ष्य प्राप्तिका लागि बिचारमा दृढ छन । विचार यस्तो जन्मनु पर्छ कि जसले परिवर्तनका लागि मूलजडमा प्रहार गर्न सकोस । बाबाको यो सम्भावनाको भावनालाई सापटी लिएर हेर्ने हो भने ब्यक्तीले वर्तमानको अवस्थालाई सकरात्मक परिवर्तनमा ढाल्न बिचारमा सकारात्मकता छ भने असम्भव भित्रै सम्भव छ ।
 
यसमा विचलित, दोधारे र बिभक्त सोचमा बाँडिएको बिचारशक्ती र त्यसको श्रोतले भने केही गर्न सक्दैन भन्ने सोच बाबाको बिचारमा छ । जसरी एउटा सुर्यको नजिकमा जो कोही पनि पग्लनु सिवायको बिकल्प हुदैन । त्यहि सुर्यबाट किरण छरिएर गए भने त्यसको शक्तीले मात्र ताप दिन सक्छ, पगाल्न सक्दैन । तर जब तिनै किरणको शक्तीलाई संचित गरेर म्याग्निफाईङ ग्लासले एकत्रित गर्न सक्यौ भने फेरि आगो निस्कन्छ । यसैले ब्यक्तीमा रहेको बिचार पनि एक शक्ती हो । 
 
बाबाले कुनै पनि सुधारको सुरवात हाम्रो अन्तर मनको सोचको प्रतिफल भनि चर्चा गरेका छन । जसको उदाहरणमा बिगतको नेपालको भुकम्पमा एक सिपाहीले आफ्नो ज्यानलाई जोखिममा राखेर कैयौ पुरिएका ब्यक्तीहरुको उध्दार गरेको हामीले देखि सकेका छौँ । त्यो उनको अन्तरमनबाट निस्केको शक्तीको उपज हो । कसैलाई यो देख्दा पनि जिउ जिरिङ्ग हुन्छ भने कसैले आफ्नो ज्यानको पर्वाह नगरी भत्केका घरबाट मानिस निकाल्नसक्छ । यस्तो सोच सबैको अन्तरमनले निकाल्न सक्दैन । यसैले हरेक ब्यक्तीलाई कहाँ पुरयाउने उस्को अन्तरमनको शक्ती नै उसको बिचार हो । 
 
अब यहाँ नेपालको अहिले एउटा बिचारको चर्चा गरौ ।  हिजोअाज सबैले नेपाललाई समृध्द नेपालको विचारबाट चर्चा गरेका छन । यदि यो साँचिकैको संकल्प हो भने सम्भावना छन । हिजो कृष्णप्रसाद भट्टराईले मेलम्चीको पनीको कुरा गर्दा सम्भव छैन, हावादरी भन्नै नै अहिले रिबन काट्न कैँची समातेर पर्खिरहेका छन । अहिले केपी ओलीले पनि यस्तै बिचारहरु बोल्दैछन । समृध्द नेपाल । जो आफैमा बस्तुनिष्ठ र ठोश लक्ष्य भन्दा ब्यापक भएता पनि यदि उनको बिचारमा शुध्दता छ र भित्र मन बाटै निस्केको हो भने पक्कै परिवर्तन हुन सक्छ । यदि मात्र बोलीको रुपमा जनतालाई बोकाएका हुन भने सकुनीबादको नयाँ अवतार हुन सक्छ । 
 
देशको परिवर्तनमा सकरात्म सोचको धेरा निर्माण गर्नु पहिलो कर्तब्य हो । हिजोका दिन साईकल चढेर सिंहदरवार गएको तस्वीर राखेर चुनावमा जनतालाई देखाईएको बिचार मन्त्री पदमा पनि साईकल मन्त्रीको रुपमा देखा पर्न सक्नुपर्छ । यसर्थ हाम्रो बिचारको घेरा के हुने भन्नेमा हिजोको प्रचण्डबादले लिएको समृध्दिको घेरा एउटा हुन सक्छ । अर्को बिपीको प्रजातान्त्रीक समाजवादी शक्तीको सोच वा मदन भण्डारीको उस्तै समतुल्य सोच पनि हुन सक्छ । भने अर्को हाम्रो पुर्बीय दर्शन गीता बेद-बेदाङ्गको शक्तीशाली दर्शन हुन सक्छ । तर नेपालमा नेताहरुका बिचारलाई खसीको टाउको ठानी अरु कै मासु बिकाउने चलनले बिचार र सिध्दान्तको मर्दन गरेकोछ । 
 
हाम्रो पुर्बीय दर्शन आफैमा एक शसक्त बिचार हो । हामीले यसै बिचारबाट हाम्रो राजनैतिक धरातल समातेको भए कुनै बिदेशी नेताका तस्वीर राखी नेपाली बिचार भन्नु पर्ने थिएन । तर बिडम्बना हाम्रो दार्शनिक विचार करिब करिब समाप्त नै भैसकेको छ । हामीमा ठूलो राष्ट्रवादी ढ्वाङ छ जसले आफ्नो दर्शन बिर्सेर बिदेशी महापुरुषको भक्तिबाट निद्रामा सपना देखि परिवर्तन खोज्दै हिडिरहेका छौँ । यी हाम्रा सपना पुर्बिय दर्शन र बिचारबाट निस्कनु पर्ने थियो जसले हामीलाई निद्रा लाग्न नदिनु पर्ने थियो । त्यो भएन । र कसैले हुन पनि दिई रहेका छैनन । 
 
यसैले बिज्ञहरुले दर्शन र बिचारको राजनीतीलाई सर्बोत्तम भनेर ब्याख्या गरेको मात्र हैन बिचारबाट नै मानिस राम वा रावण के बन्ने हाम्रो दर्शनले नै देखाई सकेको छ । रावण हेर्न लङ्का नै हुनु पर्ने हैन रहेछ । हिजोको नेपालका केही पात्र र बिश्वका तानाशहहरुको बिगतको ईतिहास तिनै पात्रको यो भूमिकामा बितेकोछ । 
 
यहाँ बिचार बिज्ञानको चर्चा प्रवासमा रहेका कसैको नजरमा भुतपूर्ब नेपाली भनिएकाहरुको सोचमा कसरी सकारात्मकता ल्याउने भन्ने पृष्ठभूमीमा उठान गर्न खोजेको मात्र हो । म तीनका बारेमा मौन छु जसले जिन्दगीका तागतिला दिनहरु नेपालमा खर्चेर बुढेसकालमा प्रवासीएर नेपाल सरकारको बृध्दभत्ता बचाए । म तिनको बेकसुरतामा मौन छु, जसले नेपाल सरकारको छात्रबृतीमा दावी नगरेर माध्यमिक शिक्षा (१२ कक्षा सम्मको पढाई) सकेर परिश्रम र मेहनत गरेर थप ज्ञान लिई नेपाल कै सपना देखी रहेका छन । म तिनको मौनतामा केही बोल्न चाहन्न, जो आफ्नै माटोमा नविकेर खाडीमा पसिना बगाइ रहेका हुन ।  किनकी यिनका हरेक संघर्षले नेपालको समृध्दीमा कुनै न कुनै किसिमबाट सहयोग हुदै आएको र फेरी हुनेमा आशामा मेरो बिचार आशावादी छ ।
 
साथै नेपालको भलो चाहने हो भने प्रवासीएका नेपालीले अबका दिनमा बिचारमा सकरात्मकता ल्याउनु जरुरी पनि छ र नेपाल र प्रवास बिचको हिजो कसैका कारणको तिक्ततामा पुन नयाँ सम्वन्ध स्थापित गर्नु पर्छ । जसको एउटा सानो पाटोको उदाहरण हेरौँ । 
 
नेपाल सरकारले भरखरै तीनलाख ५० हजारको हाराहारीमा बिधालय शिक्षाबाट बन्चित बालबालीकाको तथ्याङ्क बाहिर ल्याएकोछ । यो तथ्याङ्कका अलावा बिज्ञहरुको कथन छ –करिव ४१ प्रतिशत बालबालिकाहरुले कक्षा ८ पछि बिधालय छोड्छन । बिश्वका मूलुकहरुले नयाँ किसिमले सोचिरहेको अवस्थामा हामी अहिले पनि पुरानै अवस्थामा छौ । यहाँ साढे लाखको मात्र कुरा छैन अहिलेको यूवाजनशक्तीको ४१ प्रतिशतको शिक्षा र दक्षता माथीको प्रश्नको पनि सवाल जोडिएको छ । यसमा नेपाल सरकारले प्रवासीएका नेपालीहरुलाई उनीहरुकै ठाउँबाट नेपालसँग जोड्न सक्नु पर्ने हो । जसमा जोडिन त्यति असजता पनि थिएन । 
 
नेपालको प्रवासीहरुसंग र प्रवासीएका नेपालीको नेपालसंगको बिचार र भावनामात्र जोडिए पुग्थ्यो । जसबाट प्रवासीएका मनहरुले सरकारका प्रधानमन्त्रीले मुगुका ठिन्ले साँबु लामाको र गगन थापा र अरु नेताले लिएको पठनपाठनको जिम्मा झै कैयौ ठिल्नेसंग जोडिन पुग्थे । तर हाम्रो हिजोको बिडम्पनाले एक समूह नेपालसंग जोडिन चहन्न र एक समूह जोडिन दिन्न । जसले अहिले पनि प्रवासी र नेपाल बीचमा दुरी बढाई रहेका छन् ।
 
अर्कोतिर प्रवासमा रहेका नेपालीहरुको बैधानिक संस्थाले बिचार र भावनाबाट सबै नेपालीलाई एकत्रित गरेर परिणाम देखाउने कार्यक्रम ल्याउन नै सकेको छैन । यसको जडसुत्र पनि हाम्रो बिचारमै ठोकिन पुगेको छ । प्रवासी मनहरु पनि भावनात्मक र विचारात्मक रुपमा पहिले नेपाली हुनुपर्नेमा नेपालीभन्दा पनि नेपाली राजनैतिक बिचारको गतिमा हिँडिदिँदा उल्टोबाटो हिडेको भान हुन्छ । भलै हामीले नेपालका लागि बैयक्तिक सहयोग गरि रहेका गरेका छौँ । तर हाम्रो सहयोग मैले माथी उल्लेख गरेको छरिएका सुर्यको किरण मात्र हो जसले तताउने सिबाय केही गर्न सकेको छैन ।
 
यसैले अबको एनआरएनको काम भनेको सबैलाई जोड्ने हुनुपर्छ । जसले छरिएका किरणहरुलाई एकत्रित गर्ने म्याग्निफाईङ ग्लासको रुपमा बिचार निकालेर बिकाउने हुनुपर्छ । यसमा अरु धेरै क्षेत्र होलान यहाँ अहिलेको नेपालको शिक्षा क्षेत्रको मात्र उदाहरण पेश गरेकोछु । जो एक एनआरएन  एक नेपाली बालकको जिम्मा लिने उदघोषमा मात्र हामी सहभागी भयौँ र बिपन्न समुदायको सहयोगी बनी बिधालय छोडिरहेको ४१ प्रतिशतको साथी बन्न सक्यौ भने नेपालले नजोडेको मनलाई एनआरएनले जोड्नसक्छ । 
 
हाल: टेक्सस अमेरिका