मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

टेक्ससमा समाजसेवी नर्स कमला शाक्यको निधन

टेक्ससमा समाजसेवी नर्स कमला शाक्यको निधन


हिमालयखवर संवाददाता
टेक्सस, ड्यालस- टेक्सस ड्यालसमा वस्दै आएकी समाजसेवी कमला शाक्यको ४५ बर्षको उमेरमा वुधवार निधन भएको छ । पेशाले नर्स समेत रहेकी शाक्य टेक्सस ड्यालस स्थित नेपाली सांस्कृतिक तथा अध्यात्मिक केन्द्रकी संस्थापक सदस्य पनि हुन् । 
 
शाक्य नर्सका रुपमा टेक्ससको अस्पतालमा कार्यरत थिईन । ड्यालसमा नेपाली समुदायलाई निशुल्क स्वास्थ्य शिविर संचालन र सेवामा पनि उनी सकृय थिईन् । 
 
सन् १९९७ मा अमेरिका आएकी स्व शाक्य इर्विंगको लसकोलिनस स्थित टुस्कन सर्जरी सेन्टरमा कार्यरत थिईन ।
 
उनको निधन प्रति टेक्ससका नेपाली संघ संस्था र समुदायले विज्ञप्ति र सामाजिक संजाल मार्फत गहिरो शोक व्यक्त गरेका छन् ।
 
शाक्यका पति, १५ बर्षका छोरा र ७ बर्षकी छोरी छन् । पति स्वयभू शाक्यपनि समाजसेवामा सकृय छन् । शाक्यलाई केहि समय  देखि क्यान्सर पिडित थिईन ।
 
स्व शाक्यको अन्तिम संंस्कार शुक्रवार दिउसो १२ बजे Hughes Family Tribute Center, 9700 Webb chapel RD Dallas TX 75220 मा हुने भएको छ ।