मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

नर्थ ड्यालसमा मनाइयो नेपाली नयाँवर्ष

नर्थ ड्यालसमा मनाइयो नेपाली नयाँवर्ष


ड्यालस (टेक्सस) – नर्थ ड्यालस नेपाली समाजले नेपाली नयाँवर्षको अवसरमा गत शनिबार जमघट सहित शूभकामना कार्यक्रम सम्पन्न गरेको छ ।
 
बेथानी लेकसाइड एलेनमा आयोजना गरिएको कार्यक्रममा ड्यालसको उत्तरीभेगमा पर्ने फ्रिस्को, प्लानो, एलेन, मिकिनी, रिचार्डसनका नेपालीहरुको उल्लेख्य सहभागिता थियो । नर्थ ड्यालस नेपाली समाजका अध्यक्ष बादल भुजेलका अनुसार नेपाली नयाँवर्षको स्वागत गर्दै नयाँ पुस्तालाई आफ्नो मातृभूमिको संस्कृति बारेमा जानकारी गराउने उद्वेश्यले कार्यक्रम गरिएको हो ।
 
गैर आवासीय नेपाली संघ (एनआरएन) अमेरिकाका वरिष्ठ उपाध्यक्ष सुनिल शाहको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो । त्यस अवसरमा झण्डै तीनसय नेपालीहरुको सहभागिता थियो ।
 
कोलिन काउन्टीमा पर्ने फ्रिस्को, प्लानो, मिकिनी, एलेन, रिचार्डसन लगायतका सिटीमा झण्डै तीनहजार नेपालीहरु बस्दै आएको अध्यक्ष भुजेलले जानकारी दिए । यी सिटीहरुमा प्रायः आफ्नै घर हुने नेपालीहरु छन् । 
 
नर्थ ड्यालस नेपाली समाजले नेपाली पर्व, चाडहरुलाई समेत समय अनुसार मनाउँदै आएको छ । यसका साथै बिभिन्न समयमा सामुदायिक गतिविधिका कार्यहरु समेत गर्दै आएको छ । 
 
कार्यक्रममा बिभिन्न संघसंस्थाका प्रतिनिधिहरुको समेत उल्लेख्य रुपमा सहभागिता थियो ।