मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

अप्रिल २९ मा बिडिएको ‘मेगा ब्लड ड्राइभ’

अप्रिल २९ मा बिडिएको ‘मेगा ब्लड ड्राइभ’


ड्यालस (अमेरिका) – ब्लड डोनर्स अफ अमेरिका (बिडिए) ले आउँदो अप्रिल २९ मा ड्यालसमा मेगा ब्लड ड्राइभ कार्यक्रम गर्ने भएको छ ।
 
बिडिए टेक्सस च्याप्टरको आयोजनामा नेपाली मन्दिर अर्भिङमा ब्लड ड्राइभ (रक्तदान) कार्यक्रम हुन लागेको अध्यक्ष शिव काफ्लेले जानकारी दिए । बिडिए सम्मेलनको पूर्बसन्ध्यामा हुन लागेको रक्तदान कार्यक्रमलाई सफल बनाइदिन अध्यक्ष काफ्लेले रक्तदाताहरुमा आग्रह गरेका छन् । 
 
बिडिएको सम्मेलन आउँदो मे महिनाको अन्तिम साता जर्जियाको एटलान्टामा हुँदैछ । हरेक स्वस्थ मानिसले ३/३ महिनामा रक्तदान गर्नसक्ने भएकोले अमूल्य रक्तदान गरेर पुण्य आर्जन गर्न समेत बिडिएले अपिल गरेको छ । 
 
अप्रिल २९ तारिक आइतबार बिहान साढे १० देखि ४ बजेसम्म रक्तदान कार्यक्रम हुने बिडिए टेक्सस च्यापटरले जनाएको छ ।