मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

रंगभेद विरुद्ध कर्मचारीलाई तालिम दिन मे २९ मा स्टारवक्सका ८ हजार स्टोर बन्द हुने

रंगभेद विरुद्ध कर्मचारीलाई तालिम दिन मे २९ मा स्टारवक्सका ८ हजार स्टोर बन्द हुने


हिमालयखवर संवाददाता
अमेरिका- 
अमेरिकामा प्राय सहरका प्रत्येक कुनामा भेटिने कफी र साथी भाई भेट्नका लागि प्रचलित स्टारवक्स मे २९ मा कम्तीमा पनि आधा दिन बन्द हुने भएको छ । स्टारवक्समा कार्यरत कर्मचारीलाई रंगभेद विरुद्ध तालिम दिन स्टारवक्सले ८ हजार स्टोर केही घण्टाका लागि बन्द गर्न लागेको हो । 
 
फिलडेल्फिया स्थित एक स्टारवक्स स्टोरमा दुईजना काला वर्णका व्यक्ति पक्राउ परेपछि विवाद उठ्ेकाले स्टारवक्सले कर्मचारीलाई यसबारेमा सचेत गराउन तालिम दिन लागेको हो ।
 
गत साता फिलडेल्फिया एक स्टोरमा साथीलाई कुर्दै गरेका दुई काला वर्णका व्यक्तिलाई स्टारवक्सका म्यानेजरले प्रहरी ढाकेर बाहिर निकालेका थिए । यो विषय रंगभेदसंग जोडिएर चर्चामा आएको थियो ।  यो तालिममा स्टारवक्सका १ लाख ७५ हजार सहभागी हुने बताइएको हो । 
 
म र कम्पनीका अन्य उच्च नेतृत्व समूहले केही दिन फिलडेल्फियामा त्यहाँ समुदायको कुरा सुनौँ, हामीले के गल्ती गर्‍यौ त्यसको समीक्षा गरयौं र अव के गर्नु पर्ने आवश्यकता रहेछ यसबारेमा अध्ययन गरेयौं स्टारवकसका प्रमुख कार्यकारी केभिन जोन्सनले आफ्नो विज्ञप्तिमा भनेका छन् । यो तालिम यात्राको एउटा खुड्किलो मात्र हो उनले भने । विज्ञ समूहको परामर्शमा स्टारवक्सले तालिम निर्देशिका बनाउने पनि सार्वजनिक गरेको छ ।
 
स्टारवक्समा के भएको थियो ? 
गत बिहीबार दुई जना कालावर्णका व्यक्ति फिलडेल्फिया स्थित स्टारवक्स भित्र पसेर वाथरुम प्रयोग गर्नका लागि अनुमति मागे । तर, त्यहाँ कार्यरत कर्मचारीले केही पनि नकिनेको हुदां वाथरुम ग्राहकका लागि मात्र हो भन्दै उनीहरूलाई प्रयोग गर्ने अनुमति दिएनन् । त्यस पछि ती दुई व्यक्ति स्टारवक्समा बसेर साथीलाई कुर्न थाले । त्यहाँ केही कुरा पनि किनेनन् । 
 
यसरी केही पनि नकिनेको हुदां स्टारवक्सका कर्मचारीले प्रहरी बोलाए । प्रहरीले ती दुईलाई जबरजस्ती अर्काको सम्पत्तिमा घुसेको भन्दै बाहिर जान आग्रह गरे । नमानेपछि प्रहरीले हिरासतमा लियो र हत्कडी लगाएर बाहिर निकाल्यो । तर, पछि उनीहरूलाई प्रहरीले कुनै आरोप भने नलगाई छाडिदिएको थियो ।  
 
स्टारवक्समा सामान्यतया बस्न, वाथरुम प्रयोग गर्न, इन्टरनेट चलाउन त्यहाँ कफी वा कुनै समान किन्नु वा मगाउनु पर्दैन । तर, यसरी पक्राउ परेको घटना सार्वजनिक भएपछि यो चर्चाको विषय बनेको थियो । 
 
प्रमुख कार्यकारी जोन्सनले सोमवार ती दुई पीडितलाई भेटेर कम्पनीबाट जुन व्यवहार भयो यसका लागि क्षमा मागेको पनि स्टारवक्सले विज्ञप्तिमा जनाएको छ ।  प्रहरी डाक्ने ती म्यानेजरलाई उक्त स्टारेवाट हटाइएको छ । तर, स्टारवक्सले ती म्यानेजरलाई हटाएको हो कि उनले आफैँ छाडेका हुन यसबारेमा केही पनि जानकारी सार्वजनिक गरिएको छैन । फोटो: सामाजिक संजाल