मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

फ्रेन्चाइज बिजनेश विषय ड्यालसमा कार्यशाला

फ्रेन्चाइज बिजनेश विषय ड्यालसमा कार्यशाला


ड्यालस (टेक्सस) – यदी तपाई पूर्णकालिन रोजगार हुनुहुन्छ तर व्यबसायमा पनि हात हाल्ने सोच छ ? तपाईसँग व्यबसायमा एक्लै जोखिम बहन गर्नसक्ने आँट छैन भने ‘फ्रेन्चाइज’ व्यबसाय सबैभन्दा उपयुक्त हुने सुझाव फ्रेन्चाइज बिजनेसका परामर्शदाताको छ । परिवारलाई गुणस्तरीय समय दिन सकिने, लगानीमा एक्लै जोखिम नहुने जस्ता कारणहरुले गर्दा यो व्यबसाय संसारभरि लोकप्रिय हुँदै गएको जिज्ञहरुको धारणा छ ।
 
आइतबार ड्यालसमा नेप्लिज अमेरिकन चेम्बर अफ कमर्सले आयोजना गरेको कार्यक्रममा फ्रेन्चाइज परामर्शदाता कम्पनी फ्रानेटकी सिनियर कन्सल्ट्यान्ट सारा वास्कोले यसका बिबिध पक्षका बारेमा प्रकाश पारिन् । ‘फ्रेन्चाइजको लागि ठूलो लगानी आवश्यक पर्छ भन्ने गलत धारणा छ, तर त्यसो होइन । सानो लगानीमा पनि सुरु गर्न सकिन्छ,’ वास्कोले भनिन् ।
 
सन् २००८/०९ को मन्दीको समयमा पनि साना तथा मझौला व्यबसायहरुले ठूलो असर भोग्नुपरेन । साना व्यबसाय त्यतिखेर सुरक्षित रहेकोले अहिले अमेरिकामा अर्थतन्त्रको प्रमुख हिस्सा साना तथा मझौला व्यबसाय भैरहेको उनले उल्लेख गरिन् ।
 
फ्रेन्चाइज व्यबसायका रुपमा अहिले पनि फास्टफुडलाई मात्र लिइने गरेको उल्लेख गर्दै उनले अहिले अमेरिकामा रियलस्टेट, अटोपार्टस्, पर्सनल सर्भिस, लजिङ समेत फ्रेन्चाइज रुपमा रहेको जानकारी दिइन् । 
 
फ्रेन्चाइज व्यबसायको वर्तमान अवस्था, सुरु गर्दा गर्नुपर्ने योजना, लगानीको जोहो, फाइनान्सिङ लगायत बिभिन्न पक्षमा वास्कोले नेपाली समुदायका व्यक्तिहरुले राखेको जिज्ञासाको जवाफ दिएकी थिइन् । 
 
ड्यालसमा नेपाली समुदायका धेरैजना साना तथा मझौला व्यबसायमा छन् । तर धेरैको व्यबसायमा फ्रेन्चाइजभन्दा पनि एकल रहेको छ । जोखिममा साझेदारी हुने हुँदा नेपाली समुदायले पनि पछिल्लो समयमा फ्रेन्चाइजतर्फ ध्यान दिन थालेका छन् । 
 
त्यस अवसरमा चेम्बरका अध्यक्ष मनोज सिग्देलले आगामी दिनमा पनि नेपाली समुदायका व्यबसायीहरुका लागि आवश्यक पर्ने तालिम, कार्यशालाहरु गर्दै जाने उल्लेख गरेका थिए । अमेरिकामा सबैभन्दा बढी नेपाली व्यबसायीहरू रहेको स्थानको रूपमा ड्यालसलाइ लिइन्छ ।