मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

अमेरिका, बेलायत र फ्रान्स द्धारा सिरिया माथि हवाई आक्रमण सुरु

अमेरिका, बेलायत र फ्रान्स द्धारा सिरिया माथि हवाई आक्रमण सुरु


हिमालयखवर संवाददाता
अमेरिका- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रवार सिरिया सरकारले आफ्नै नागरिक  विरुद्ध रसायनिक हतियार प्रयोग गरेको हुदां यसको प्रतिकृयामा हवाई आक्रमणका लागि निर्देशन दिएको घोषणा गरेका छन् ।
 
मैले संयुक्त राज्य अमेरिका को सेनालाई सिरियाका तानासाह बसर अल असद को सरकारका रसायनिक हतियार निमार्ण इकाईमा केन्द्रित गरी हवाई आक्रमण गर्न निर्देशक गरेको हु ट्रम्पले शुक्रवार ह्वाईट हाउस डेप्लोम्याटिक रिसेप्सनमा भने ।
 
राष्ट्रपति ट्रम्पको निर्देशक लगत्तै अमेरिकाले शुक्रवार संयुक्त हवाई आक्रमण सुरु गरेको छ । शुक्रवार राजधानी दमिश्कमा हवाई हमला गरिएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।
 
अमेरिकाले ब्रिटेन र फ्रान्ससंग मिलेर सिरियाका शासक विरुद्ध हवाई आक्रमण गरेको हो । यो आक्रमणमा अमेरिकी बमबर्सक जहाज बी १ र पानी जहाजहरू प्रयोग गरिएको विभिन्न सैनिक स्रोत उल्लेख गर्दै सीएनएनले समाचार दिएको छ । ट्रम्पले सिरियाका शासकले आफ्नै नागरिक विरुद्ध रसायनिक आक्रमण गरेकाले यो हवाई आक्रमण गर्नु परेको बताएका छन् ।
  
हालै सिरियाका तानाशाह बशर अल असद सरकारले आफ्नै नागरिक विरुद्ध रासायनिक आक्रमण गरेको थियो । जसमा ६० जना बढीको ज्यान गएको थियो । अमेरिकाले यो रासायनिक आक्रमणको विरोध गर्दै यस प्रति कडा रूपमा प्रस्तुत हुने घोषणा गरेका थियो । 
 
शुक्रवार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सार्वजनिक घोषणा गर्दै रासायनिक हतियारको प्रयोग विरुद्ध अमेरिकाले ब्रिटेन र फ्रान्ससंग मिलेर सिरियामा जवाफी कारबाही गरेको बताएका थिए ।  यो संयुक्र हवाई आक्रमणमा सम्पर्ण राष्ट्रिय शक्ति सैनिक, आर्थिक र कूटनीतिक क्षमतालाई एकीकृत गरी परिचालन गरिएको राष्ट्रपति ट्रम्पले बताएका छन् । 
 
वेलायतक प्रधानमन्त्री टिसिरा मेले संयुक्त हवाई हमलाका लागि ब्रिटिस सेनालाई निर्देशन दिएको बताएकी छिन् ।
 
ट्रम्पले सिरियाका राष्ट्रपति असदलाई लक्षित गर्दै भनेका छन् , यो कुनै पनि मानिसले गर्ने कार्य होइन, शैतानले मात्र मानवता विरुद्ध यस्तो गर्न सक्छ आजको हमला यस्तो रसायनिक हतियार प्रयोग गर्ने बनाउने विरुद्ध चेतावनी दिन र यो निमार्णलाई रोक्नु हो । यो सैन्य कारबाही सिरियाको रसायनिक हतियार उत्पादन क्षमता ध्वस्त नहुदां सम्म जारी रहने बताइएको छ । राष्ट्रपति ट्रम्पले सिरिया सरकारलाई सहयोग गर्दै आएका रुसलाई लक्षित गर्दै भनेका छन्, यो आक्रमण सिरियाका राष्ट्रपति असदको रसायनिक हतियारको प्रयोग रोक्न नसक्नु रुसी विफलताको कारणले गर्नु परेको हो । 
 
यो आक्रमण पछि सिरियाको शासकलाई सहयोग गर्दै आएको सैनिक सार्थकका दृष्टिले शक्तिशाली राष्ट्र रुसको प्रतिकृया के हुन्छ यो स्पष्ट भएको छैन । अमेरिकाका गुप्तचरहरूले रुसको भूमिकाको आंकलन गरिहरेको सञ्चारमाध्यमले जनाएका छन् ।