हिमालखयवर संवाददाता
क्यालिफोर्निया(अमेरिका)- क्यालिफोर्निया स्थित १०१ हाइवेमा पर्ने इल नदीमा एसयुभी खस्दा त्यसमा सवार दुई बालक सहित भारतीय मुलका परिवारका चार जनाको मृत्यु भएको छ । अमेरिकाको पोर्टल्याण्ड राज्यबाट आफ्नो स्थायी वासस्थान फर्कँदै गरेको भारतीय परिवार चढेको होण्डा पाइलट एसयूभी केही दिन देखि वेपत्ता भएको थियो ।
समाचार संस्था एशोशियट प्रेस (एपी)का अनुसार नर्थन क्यालिफोर्निया नदीमा भेटिएको भग्नावशेषका आधारमा त्यहाँको प्रहरीले वेपत्ता होण्डा पाइलट ती भारतीय परिवार चढेको नै भएको बिहीबार पुष्टि गरेको हो । दुर्धटना हुदां उक्त नदीमा वर्षाका कारण बाढी आएको थियो ।
उक्त सवारी दुर्धटनामा भारत सुरत सहरबाट आई अमेरिका लसएञ्जल्स क्षेत्रमा बस्दै आएका तोथापिल्ले परिवारको ज्यान गएको हो । दुर्धटनामा ४१ वर्षीय सन्दिप तोथापिल्ले, पत्नी ३८ वर्षीय सुमैया, १२ वर्षका छोरा सिदार्थ र ९ बर्षिकी सच्चीको ज्यान गएको छ । उक्त परिवार चढेको गाडी भारी वर्षाका कारण बाढी आइरहेको नर्थन क्यालिफोर्निया नदी किनार सडकमा गुडिरहेको अवस्थामा दुर्धटनामा परेको थियो ।
लसएञ्जल्स सन्ता क्लेरिता सहरमा बस्ने उक्त परिवार वेपत्ता भएपछि निकटहरूले प्रहरीलाई खबर गरेका थिए । उक्त परिवार गत अप्रिल ८ मा ओर्यागन पोर्टल्याण्डवाट फर्किरहेका थिए । पछिल्लो पटक उक्त परिवारले क्यालिफोर्नियाको रेडउड क्वेस्ट राजमार्गबाट आफन्तलाई सम्पर्क गरेका थिए । यो स्थान सानफ्रान्सिस्कोवाट १८० माइल टाढा पर्छ । तर, समयमा घर आई नपुगेपछि निकट नातेदारले त्यहाँको प्रहरीलाई खबर गरेका थिए । त्यसपछि प्रहरीले उक्त परिवारको खोजविना सुरु गरेको थियो । प्रतिकूल मौसममा कारण खोजविनमा ढिलाइ भएको थियो ।
उक्त तोथापिल्ले परिवार वेपत्ता हुनु अघि १०१ हाइवेमा पर्ने म्यानडोसिनो काउण्टीमा दक्षिणतर्फ गइरहेको गाडी सडकबाट इल नदीमा खसेको जानकारी प्राप्त भएको थियो । उद्धारकर्मी पुग्नु अघिनै उक्त गाडी नदीमा हेलिएदैं वेपत्ता भएको थियो । बाढीका कारण उद्धारमा समय लागेको हो ।
भारतीय सञ्चारमाध्यमले पनि यो दुर्धटनाका बारेमा समाचार दिएका छन् । भारतका विदेशमन्त्री सुस्मा स्वराजले यस दुर्धटना प्रति चासो देखाउँदै उद्धारमा समन्वय गर्न भारतीय नियोगलाई निर्देशन दिएको त्यहाँका सञ्चारमाध्यमले जनाएका छन् ।
उक्त हाईवेमा केही दिन अघि नदीको दलदलमा पर्दा अर्को अमेरिकी परिवारको ज्यान गएको थियो ।
प्रतिक्रिया