मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

संघीयता र वन व्यवस्थापन सम्बन्धी अध्ययनका लागि नेपालबाट स्थानीय सरकारका प्रमुख सहित ८ जना मेक्सिको भ्रमणमा

संघीयता र वन व्यवस्थापन सम्बन्धी अध्ययनका लागि नेपालबाट स्थानीय सरकारका प्रमुख सहित ८ जना मेक्सिको भ्रमणमा


हिमालयखवर संवाददाता
अमेरिका- संघीयता र वन व्यवस्थापन सम्बन्धी अध्ययनका लागि नेपालबाट स्थानीय सरकारका प्रमुख सहित ८ जना मेक्सिको पुगेका छन् ।
 
प्राकृतिक स्रोतसाधनको उपयोग तथा केन्द्र ,प्रदेश र स्थानीय सरकारबिच प्राकृतिक स्रोत साधनको वैज्ञानिक बाडफाडको विधि बारे जानकारी लिन १० दिने भ्रमणका लागि केन्द्र, प्रदेश र स्थानीय सरकारका प्रतिनिधिहरू त्यहाँ पुगेका हुन् टोलीमा प्रतिनिधि सभाका सदस्य पार्वत गुरुङ , घनश्याम खतिवडा, कमला रोका छन् ।
 
यसै गरी राष्ट्रिय सभाका सदस्य अनिता देवकोटा, प्रदेश सभा सदस्य भुमिश्वर ढकाल, मुनु सिग्देल, बनेपा नगरपालिकाका प्रमुख अशोक कुमार ब्यन्जु र तुल्सीपुर उपमहानगरपालिका प्रमुख धनश्याम पाण्डे संघीयता र वन व्यवस्थापन सम्बन्धी अवलोकनका लागि मेक्सिको पुगेका हुन् ।
 
अमेरिकामा प्राकृतिक स्रोत साधनको खोज तथा यसको उपयोगको सम्बन्धमा काम गरिररहेको अन्तर्राष्ट्रिय गैर सरकारी संस्था राइट एण्ड रिसोर्स इनिसिएटिभ(आरआरआई) को व्यवस्थापनमा नेपालमा कार्यरत ग्रिन फाउन्डेशन नेपालको पहलमा टोलीले अमेरिकाको समेत प्राकृतिक स्रोतको बाँडफाँडको जानकारी लिएको छ ।
 
तुल्सीपुर उपमहानगरपालिका प्रमुख धनश्याम पाण्डेले वन वातावरण मार्फत समृद्धि प्राप्त गर्ने अभ्यास सम्बन्धी जानकारी लिइरहेको बताए । 
 
हिमालय ख़बर सँगको कुराकानीमा पाण्डेले भने , धेरै कुरा सिक्न पाएका छौँ ।सघीयतामा प्राकृतिक स्रोत को बाँडफाँडको अभ्यास हेरिरहेका छौँ , यसलाई प्राकृतिक सौन्दर्यताले भरिएको नेपालमा के गर्न सकिनेछ त्यसमा हामी लाग्नेछौ ।
 
त्यस्तै गरी प्रतिनिधि संभाका सदस्य पार्वत गुरुङले  यस मेक्सिकोमा आयोजित प्राकृतिक स्रोत साधनको खोज तथा यसको उपयोग र सघीयतामा प्राकृतिक स्रोत को बाँडफाँडको अभ्यास बारे गरिएको भ्रमण अत्यन्तै उपयोगी रहेको बताए ।