मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

टेक्ससमा अप्रिल २२ मा नारायण गोपाललाई सम्झिँदै

टेक्ससमा अप्रिल २२ मा नारायण गोपाललाई सम्झिँदै


ड्यालस (टेक्सस) – आउँदो अप्रिल २२ तारिकमा ड्यालसका नेपाली समुदायले स्वर सम्राट नारायण गोपाललाई स्मरण गर्ने भएका छन् । 
 
श्रष्टा साँझ र हिमालय खबर अनलाइनको संयुक्त आयोजनामा यो कार्यक्रम हुन लागेको हो । श्रष्टा साँझका प्रभात दीक्षितका अनुसार हरेक महिना साहित्यिक तथा सांगितिक कार्यक्रम गर्ने क्रममा यस पटक स्वर सम्राटलाई स्मरण गरिनेछ । 
 
‘यस पटक हामीले स्वर सम्राटसँग निकट रहेका, उहाँसँग मिलेर काम गरेकाहरुबाट उहाँका गीत गाउने र स्वर सम्राट माथि लेखिएका रचनाहरु पाठ गर्नेछौँ,’ दीक्षितले भने । अप्रिल २२ तारिक आइतबार साँझ ६ बजेदेखि युलेसको फिस्टेल रेस्टुँरामा कार्यक्रम हुनेछ । 
 
उक्त कार्यक्रमका लागि अमेरिकाका बिभिन्न शहरहरुमा रहेका नेपाली गायक, गीतकार, कविहरु समेत ड्यालस आउने भएका छन् । ‘त्यस दिन अरुभन्दा पनि नारायण गोपाललाई सम्झने मुख्य कार्यक्रम हो,’ दीक्षितले भने । कार्यक्रममा साहित्यकार विनोद दीक्षित, ज्ञानेन्द्र गदाल समेतको सहभागिता हुनेछ । 
 
कार्यक्रममा नेपालबाट समेत साहित्यकार, गीतकारहरुको समेत स्काइप मार्फत अनलाइनबाटै गीत गाउनेछन् ।