मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

नेपाल प्रहरीको आईजीपीमा सर्वेन्द्र खनालको बढुवा नियुक्ति, सशस्त्रमा शैलेन्द्रलाई जिम्मेवारी

नेपाल प्रहरीको आईजीपीमा सर्वेन्द्र खनालको बढुवा नियुक्ति, सशस्त्रमा शैलेन्द्रलाई जिम्मेवारी


काठमाडौँ । सरकारले नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी)मा सर्वेन्द्र खनाललाई नियुक्त गरेको छ । 
 
प्रधानमन्त्रीको निवास बालुवाटारमा मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले मन्त्रिपरिषद्को बैठकले डिआईजी खनाललाई आईजीपीमा नियुक्त गरेको हो ।
 
यस्तै सशस्त्र प्रहरी बल नेपालको महानिरीक्षकमा शैलेन्द्र खनाललाई बढुवा नियुक्ति गरेको छ । 
 
उनीहरुलाई उक्त पदमा नियुक्त गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्री गोकुलप्रसाद बाँस्कोटाले जानकारी दिए । राज्यमन्त्री बाँस्कोटाका अनुसार उनीहरुलाई चैत २९ गते बिहीबारदेखि लागू हुने गरी जिम्मेवारी दिइएको हो । 
 
संगठनमा प्रहरी नायब महानिरीक्षकको वरियतामा दुवै जना शीर्षस्थानमा रहेका थिए । नेपाल प्रहरीका महानिरीक्षक प्रकाश अर्याल र सशस्त्रका महानिरीक्षक सिंहबहादुर श्रेष्ठ तीस वर्षे अवधिका कारण बुधबारदेखि अवकाशमा जाँदैछन् । 
 
खनाल २०४६ माघमा प्रहरी निरीक्षकमा भर्ना भएका थिए । आफ्नो ब्याचका साथीहरुमा एसएसपीबाट डिआईजीमा बढुवा हुँदा खनाल एक नम्बरमा बढुवा भएका हुन् ।
 
‘सेलिब्रेटी अफिसर’को रुपमा चिनिएका खनाल २०७२ मा महानगरीय अपराध महाशाखाको प्रमुख रहेर काम गरेका थिए । अपराध महाशाखाको प्रमुख हुँदा २०७२ भदौ ३ गते उनले गुण्डा नाईके कुमार ‘घैंटे’को इन्काउन्टर गरेर थप चर्चा बटुलेका थिए ।
 
मन्त्रिपरिषद्को बैठकले सशस्त्र प्रहरी प्रमुखमा शैलेन्द्र खनाललाई नियुक्त गरेको छ । सशस्त्रको आईजीपीका लागि खनालसँगै पुष्पराम केसी पनि आकांक्षी थिए । सशस्त्र प्रहरीका महानिरीक्षक सिंहबहादुर श्रेष्ठको पनि तीसवर्षे सेवा अवधिका कारण बुधबारदेखि अवकाश पाउँदैछन् ।