मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

अमेरिकामा रोजगारी गर्ने मध्ये १७ प्रतिशत आप्रावासी

अमेरिकामा रोजगारी गर्ने मध्ये १७ प्रतिशत आप्रावासी


हिमालयखवर संवाददाता
अमेरिका-
अमेरिकाको श्रम विभाग (डिपार्टमेण्ट अफ लेबर) को तथ्यांक अनुसार अमेरिकामा रोजगारी गर्ने मध्ये करिब १७ प्रतिशत आप्रावासी छन् । यसरी रोजगारी पाउने आप्रावासीको संख्या झण्डै साढे २ करोड रहेको विभागले जनाएको छ । 
 
विभागका अनुसार निमार्ण, विक्री वितरण(सेल्स), मर्मत सम्भार, व्यवस्थापन, प्रशासन सहायक,  उत्पादन, यातायात , खानासँग सम्बद्ध सेवा व्यवसाय र स्वास्थ्य क्षेत्रमा आप्रावासीको संख्या ५ प्रतिशत भन्दा बढी छ । 
 
कानुनी सेवा, सामुदायिक तथा समाजिक सेवा, वैज्ञानिक, तत्काल आपतकालिन सेवा जस्ता क्षेत्रमा रोजगार पाउनेमा विदेशमा जन्मेका आप्रावासीको प्रतिशत कम छ । 
 
निमार्ण व्यवसाय क्षेत्रमा कुल रोजगारी मध्ये ९ प्रतिशत विदेशमा जन्मेका आप्रावासीले ओगटेका छन् । यसमा निमार्ण लगायत इलेक्ट्रिशियन, छाना बनाउने, काठको काम गर्ने समेत पर्छन । विक्री वितरणमा उपलब्ध रोजगार मध्ये ८ दशमलव ६ प्रतिशत विदेशमा जन्मेका आप्रावासी छन् । जसमा क्यासियर, ट्राभल एजेण्ट, टेलिमार्केटर लगायत पर्छन । 
 
मर्मत संभारमा कार्यरत मध्ये विदेशमा जन्मेका कामदार ८ दशमलव ४ प्रतिशत छन् । यसमा घरासयी सेवा लगायत ल्याण्डस्केपसम्मका कामहरू पर्छन । 
 
व्यवस्थापक अर्थात् म्यानेजर मध्ये ८ दशमलव १ प्रतिशत विदेशमा जन्मेका आप्रावासी छन् । जसमा कम्पनीका प्रमुख कार्यकारी,  विक्री प्रबन्धक लगायत पर्छन । ठुला कम्पनी गुगल, माइक्रोसफ्ट जस्ता कम्पनीका म्यानेजर पनि आप्रावासी हुन् । 
 
प्रशासन सहयोगीका रूपमा काम गर्ने मध्ये आप्रावासीको संख्या ८ प्रतिशत छ । यसमा बैंक टेलर, हुलाक सेवा, रिसेप्सनिष्ट, बुककिपर जस्ता कर्मचारी पर्छन । स्वास्थ्य क्षेत्रमा रोजगार हुने मध्ये विदेशमा जन्मेका आप्रावासीको संख्या जम्मा ५ दशमलव २ प्रतिशत छ ।  यसमा डाक्टर, डेन्टिस्ट लगायत अन्य स्वास्थ्यकर्मी पर्छन् । 
 
वैज्ञानिक मध्ये आप्रावासीको संख्या जम्मा १ दशमलव २ प्रतिशत मात्र छ । यसमा भौतिकशास्त्री, रसायनशास्त्री, अर्थशास्त्री जस्ता पेशा पर्छन । समुदाय तथा समाजिक सेवा, कानुन क्षेत्रमा कुल रोजगार मध्ये विदेशमा जन्मेका आप्रावासीको संख्या १ प्रतिशत भन्दा कम छ । कानुनी सेवामा रोजगार पाउने मध्ये जम्मा शून्य दशमलव ४ प्रतिशतमात्र विदेशमा जन्मेका आप्रावासी छन् । तस्बिर: सामाजिक संजाल