मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

अमेरिकाको कोलोराडोमा सुन्ने र सुनाउने अभियान

अमेरिकाको कोलोराडोमा सुन्ने र सुनाउने अभियान


हिमालयखवर संवाददाता
कोलोराडो (अमेरिक) – नेपाल अमेरिका साहित्य संगीत प्रतिस्ठानले आफ्नो तेस्रो श्रृंखला पुरा गरेको छ । स्रष्टाका कला, गला र सिर्जना प्रस्तुतिको साझा मञ्चको अवधारणा लिएर अघि बढेको यो संस्थाले बिना औपचारिकता सिधै रचना बाँच्न र गायनलाई साथ दिँदै आइरहेको छ। 
 
अाइतबार प्रसिध्द गायिका रीमा गुरुङ होडाको सभापतित्वमा आँचल सापकोटाको नृत्यबाट कार्यक्रम सुरु भएको थियो । धन पौडेलले सन्चालन गरेको उक्त कार्यक्रममा बिभिषिका अधिकारी, समीर आचार्य, गौतम सागर राई, सरोज भुषाल, र भुपेन्द्र महतले कविता, गीत गजल सुनाएका थिए । त्यस्तै ज्ञानेन्द्र काफ्लेले नेपालमा रहेका स्रष्टा श्यामकुमार भट्टराई  र विश्वनाथ प्रेमको रचना र भुपेन्द्र महतले लक्ष्मी थापाको गजल वाचन गरेका थिए । 
 
त्यस अवसरमा गायिका कमला श्रेष्ठ र नेपाली संगीतलाई अन्तर्राष्ट्रिय स्तर सम्म पुर्‍याउने  विजय वैधलाई श्रध्दाञ्जली अर्पण गरिएको थियो।
 
सुन्ने र सुनाउने यो संस्थाको प्रगतिको कामना गर्दै आफ्नो सुरिलो गलामा गगन गुरुङको शब्दमा रहेको सुमधुर गीतलाई पहिलो पटक मञ्चमा गाउँदै कार्यक्रमको बिट मारेका थिए । समान हैसियत र अवसर प्रदान गर्ने लक्ष्य लिएको सस्थाको आगामी कार्यक्रम सञ्चालन गर्ने जिम्मेवारी भुपेन्द्र महतलाइ दिइएको छ ।