मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

प्रधानमन्त्री ओलीको भारत भ्रमण : दुई देशबीचको सम्बन्ध नयाँ उचाइमा

प्रधानमन्त्री ओलीको भारत भ्रमण : दुई देशबीचको सम्बन्ध नयाँ उचाइमा


काठमाडौँ ।  प्रधानमन्त्री केपी शर्मा ओलीले यही चैत २३ देखि २५ गतेसम्म गर्नुभएको तीन दिने भारतको राजकीय भ्रमणले दुई देशबीचको सम्बन्धलाई नयाँ उचाइमा पु¥याएको छ । 
 
नेपालका प्रधानमन्त्री र भ्रमण दलका सदस्यलाई भारतले उपलब्ध गराएको आतिथ्यता तथा भएका सहमतिले नेपालको आर्थिक विकास तथा समृद्धिको क्षेत्रमा नयाँ आयामसमेत थपेको छ । 
 
सगरमाथाको देशलाई सागरसम्मको पहुँच तथा काठमाडौँलाई भारतको रेल सञ्जालसँग जोड्ने, एकीकृत जाँच चौकीको उदघाटन र पेट्रोलियम पाइप लाइनको शिलान्यासजस्ता विषयले भ्रमणलाई ऐतिहासिक र मह¤वपूर्ण बनाएको छ । 
 
यस्तै, प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनपछि नेपालले प्राप्त गरेको राजनीतिक स्थिरता र समृद्धिको योजनालाई भारत सरकारले खुलेर सहयोग गर्ने वचनसमेत दिएको छ । 
 
प्रधानमन्त्री ओली र उनका भारतीय समकक्षी नरेन्द्र मोदीबीच भएका एक्लाएक्लै वार्ता र प्रतिनिधिमण्डल स्तरीय वार्ताले दुई देशबीचको समान चासोमा साझा धारणा बनाउने र कहीँकतै समस्या भए त्यसलाई समाधान गरेर जाने सहमतिसमेत भएको छ । 
 
द्विपक्षीय भेटवार्तामा सहभागी परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीका अनुसार प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्रीबीच एक्लाएक्लै भएको छलफल तथा प्रतिनिधिमण्डलस्तरमा भएको छलफलका आधारमा दुई देशको सम्बन्ध नयाँ उचाइमा पुगेको छ । 
 
स्थानीय तह, प्रदेशसभा, प्रतिनिधिसभाको निर्वाचनपछि नेपाल संविधान कार्यान्वयनको नयाँ चरणमा प्रवेश गरेको, राजनीतिक स्थिरता कायम भएकाले पनि अबको बाटो आर्थिक समृद्धि मात्रै रहेको निष्कर्षमा सबै राजनीतिक दल र सरकार पुगेको सन्दर्भमा भ्रमण आपसी सम्बन्ध विस्तारका हिसाबले पनि मह¤वपूर्ण रहेको छ । 
 
भारतका प्रधानमन्त्री मोदी, गृहमन्त्री राजनाथ सिंह, भारतीय काँग्रेस आइका अध्यक्ष राहुल गान्धी, पूर्व प्रधानमन्त्री डा मनमोहन सिंहलगायत उच्च राजनीतिक नेतृत्वले नेपालको समृद्धिका लागि खुलेर सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । 
 
सम्पर्क सञ्जालको विस्तार, आर्थिक समृद्धिका लागि भारतको निजी क्षेत्रको पनि उत्साहजनक चासोलाई प्रधानमन्त्री ओलीले भ्रमणको क्रममा सविस्तार व्याख्या गर्दै नेपाल लगानीका लागि ‘भर्जिन ल्याण्ड’ भएको जानकारी दिएका थिए । 
 
नेपाली उद्योगी व्यवसायीको नेतृत्वलाई समेत साथमा राखेर प्रधानमन्त्री ओलीले कृषि, पर्यटन तथा ऊर्जाको क्षेत्रमा भारतीय लगानीकर्तालाई खुला हृदयका साथ लगानीका लागि आग्रह गरेका थिए । 
 
प्रधानमन्त्री ओलीले स्वदेशी तथा विदेशी लगानीकर्तालाई कुनै भेदभाव नगरी लगानीमैत्री वातावरण बनाउने सन्देशमात्रै दिएनन्, नेपालमा गरिने भारतीय लगानीले दुवै देशको हित गर्नेसमेत स्पष्ट पारेका थिए । 
 
नेपाललाई सगरमाथादेखि सागरसम्मको सहज पहुँचका सन्र्दभमा जुन स्तरको सहमति र प्रतिबद्धता भारतले जनाएको छ, त्यसले परिवर्तनको विशिष्ट चाहनालाई समेत सम्बोधन गर्नेछ । 
 
प्रधानमन्त्री ओलीकै शब्दमा भ्रमणले नेपाल–भारत सम्बन्धलाई २१औँ शताब्दीको आँखाबाट हेर्ने अवस्थामा पु¥याइदिएको छ । भ्रमणले दुई देशबीच असमझदारीका पक्षलाई पूर्णतः अन्त्य गरी पारस्परिक विश्वास अभिवृद्धि गर्न सफलता हासिल गरेको छ । 
 
प्रधानमन्त्री ओलीले रासससँगको कुराकानीमा भने, ‘नेपालमा लोकतन्त्र खतरामा छ वा छिमेकीसँग ‘कार्ड’ खेल्न खोज्छ भन्नेजस्ता केही आरोप र भ्रम फिँजाइएका थिए । सन्तुलित सम्बन्ध र उपयुक्त नीति अवलम्बनमा आँच पु¥याउने प्रयासलाई चिर्दै आपसी समझदारी र विश्वास कायम गर्न भ्रमणले महत्वपूर्ण भूमिका खेलेको छ ।’ 
 
भारतीय प्रधानमन्त्री मोदीसँग शनिबार भएको विशेष भेटवार्ताले नै अबको नेपालसँगको भारतीय सम्बन्ध मजबुत भएको तथा सहयोग गर्ने भारतीय पक्षको तत्परताले सम्बन्धलाई नयाँ उचाइमा पु¥याएको प्रधानमन्त्री ओलीको प्रष्टोक्ति छ । 
 
नेपाललाई सहयोग गर्ने भारतको तत्परता, रक्सौल–काठमाडौँ रेल तथा गंगाको बाटो हुँदै नेपालका नदीमा पानीजहाजमार्फत सामान ढुवानी गर्नेजस्ता विषय नेपालको दीर्घकालीन फाइदाका लागि मह¤वपूर्ण रहेका छन् । 
 
भारतका राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्रीलगायत सबै पक्षसँगको भेटवार्ता र छलफलमा सार्वभौम र स्वतन्त्र राष्ट्र नेपाल अहस्तक्षेपकारी नीतिमा छ र आफ्ना सवालमा स्वतन्त्र ढंगले आफैँ निर्णय गर्छ भन्ने नेपाली भाव प्रष्ट प्रकट गरिएको थियो । 
 
जनचाहनाअनुरुप बनेको संविधान, त्यसको कार्यान्वयन र निर्र्वािचत सरकारप्रतिको जनविश्वासमा ‘जुन आदरभाव भारतमा देखिएको छ त्यसले सबै कुरा स्पष्ट गरेको’ प्रधानमन्त्री ओलीको अभिमत छ । 
 
भारतीय प्रधानमन्त्रीले नेपालले प्राप्त गरेको पछिल्लो सफलताको प्रशंसा गर्नुका साथै प्रतिनिधिसभाको तीन चौथाइ मतद्वारा प्रधानमन्त्रीमा निर्वाचित भएकामा प्रधानमन्त्री ओलीको कार्यकालको सफलताका लागि शुभकामना दिनुभएको र नयाँ आधारमा दुई देशबीचको सम्बन्धलाई अगाडि बढाउने विश्वाससमेत व्यक्त गरेकाले विगतमा रहेका तीतामिठा सम्बन्धलाई पनि नयाँ आधारमा परिभाषित गरिदिएको छ । 
 
प्रधानमन्त्री ओलीसँगको भेटमा भारतीय गृहमन्त्री राजनाथ सिंहले सीमा क्षेत्रमा देखिएका समस्या समाधानमा समेत चासो दिएका छन् । दुवै देशका सुरक्षाकर्मीको क्षमता वृद्धि र सीमा अमनचैन कायम गर्ने काममा मिलेर जाने सहमति भएको छ । 
 
नेपालको विकास निर्माणमा भारतको सहयोग वृद्धि गर्नेदेखि विगतमा भएका सहमति तथा सम्झौतालाई अक्षरशः कार्यान्वयन गर्न पनि भ्रमणले दिशानिर्देश गरेको ठानिएको छ । 
 
भारत सरकारले काठमाडौँसँग रेल सञ्जाल विस्तार गर्ने विषयलाई प्राथमिकतामा राखेको छ । भूपरिवेष्टित मुलुकले पाउने समुद्रसम्मको सहज पहुँचलाई विस्तार गर्न जल यातायातलाई अगाडि बढाउने, कृषि तथा प्रविधिका क्षेत्रमा नेपाललाई सहयोग गर्ने जुन खालको प्रतिबद्धता भारतले जनाएको छ, त्यसले पनि नेपालले अगाडि सारेको आर्थिक समृद्धिको महान् यात्रालाई सम्बोधन गर्न बल पुगेको परराष्ट्रमन्त्री ज्ञवालीको भनाइ छ । 
 
नेपाल सरकारले अगाडि सारेको ‘सुखी नेपाली समृद्ध नेपाल’को नारालाई व्यावहारिकरुपमा कार्यान्वयन गराउने र नेपालको बढ्दो व्यापार घाटालाई न्यून गर्ने विषयले पनि मह¤वका साथ प्राथमिकता पाएको छ । 
 
भारत नेपालको ठूलो बजार हुनसक्ने सन्दर्भमा नेपाली उत्पादनले भारतीय बजारमा सहज पहुँच पाउने हो भने पनि व्यापार घाटा कम गर्न सकिने विषयले पनि छलफलमा प्रमुखता पाएको थियो । 
 
नेपाल उद्योग वाणिज्य महासंघका अध्यष भवानी राणाले नेपालमा लगानीका लागि प्रधानमन्त्री ओली नेतृत्वको प्रतिनिधिमण्डलले गरेको आग्रहलाई भारतीय लगानीकर्ताले सकारात्मक रुपमा लिएको टिप्पणी गर्छन् । 
 
लगानीका लागि व्यक्त भएका आग्रह र त्यसमा बनेका द्विपक्षीय समझदारीले प्रधानमन्त्रीको भारत भ्रमण पूर्णरुपमा सफल भएको विश्वास गर्न सकिने प्रतिनिधिसभाका सदस्य रामवीर मानन्धरको भनाइ छ । 
 
भारतको केन्द्र सरकारको मात्रै नभई उत्तराखण्ड राज्यका मुख्यमन्त्री त्रिभेन्द्रसिंह रावतले नेपाल भारतको उत्तर प्रदेशसँग जोडिएकाले पनि जनस्तरको सम्बन्धलाई प्रगाढ बनाउने र काठमाडौँ–देहरादुनलाई हवाई सम्पर्कमा जोड्ने विषयलाई प्राथमिकताका साथ उल्लेख गर्नु भ्रमणका सकारात्मक पक्ष हुन् ।